२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
कञ्चनपुरको महेन्द्रनगरमा रहेको समाजकल्याण बाल अञ्चल बाल अनाथालयमा बस्दै आएका बालिकामाथि भएको यौनजन्य दुव्र्यवहारको चौतर्फि भत्र्सना एव बिरोध गरिएको छ । बाल अनाथालयमा भएको यौनजन्य हिन्साकाण्ड बाहिरिएसंगै त्यसको चौतर्फि भत्र्सना एव बिरोध गरिएको हो । विभिन्न राजनीतिक दल, नेपाल बाल संगठन सहितका महिला अधिकारकर्मीले घटनाका दोषिलाई कार्बाहीको माग अघि सारेका छन ।
राजनीतिक दल, नागरिक समाज, नेपाल बाल संगठन सहितका सरोकारवाला पक्षले सम्पूर्ण साहरा गुमाएपछि बाँच्नका लागि अनाथालय रोजेपनि त्यही अनाथालयमा बालिका यौनशोषणदेखि बलात्कृत हुनुपर्ने विडम्बना रहेको भन्दै दुखेसो पोखेका छन ।
नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातान्त्रिक पार्टी र नेकपा बहुमत कञ्चनपुरले छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर बाल अनाथालयमा भएको घटनाका दोषिलाई हदैसम्मको कार्बाहीको माग अघि सारेका छन । समाजवादी कञ्चनपुरका सचिव हरक सिह धामीद्वारा हस्ताक्षरित विज्ञप्तीमा अनाथालय जस्तो सवेदनशिल सस्थामा बालबालिका माथि यौन दुव्र्यवहार हुनु अकल्पनीय मात्र नभई अनाथालय व्यवस्थापन समितिको समेत चरम लार्पबाही भएको समाजवादीको ठहर छ । घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिएको छ । राप्रपा कञ्चनपुरका सचिव शिशिर थापाले हस्ताक्षर गरेको विज्ञप्तीमा डरलाग्दो घटनाप्रति भत्र्सना जाहेर गर्दै दोषिमाथि कार्बाहीको माग अघि सारेका छन । बहुमत कञ्चनपुरका संयोजक नक्साल र इन्चार्ज अर्जुनद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा दोषिलाई उन्मुक्ति दिलाउने काम भए पार्टीले नै कार्बाही गर्ने चेतावनी दिईएको छ । नेपाल बाल संगठन कञ्चनपुरका सभापति राम बहादुर बुढाले हस्ताक्षर गरेको विज्ञप्तीमा पीडितलाई न्याय र दोषिलाई कार्बाहीको माग अघि सारेका छन । कञ्चनपुरका दर्जनौँ अधिकारकर्मीले प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्याललाई ज्ञापन पत्र बुझाउँदै घटनाको वास्तविक सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको कञ्चनपुरका अगुवा अमिर तिरुवाले बताए । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले घटनाको निष्पक्ष छाननबिन हुने विश्वास दिलाए । भीमदत्त नगरपालिकाले आयोजना गरेको छलफलमा समेत महिला अगुवाले दोषिमाथि हदैसम्मको कार्बाहीको माग अघि सारेका थिए । भीमदत्त नगरकी उपमेयर निलम लेखकले बालिकामाथि भएको दर्दनाक घटनाप्रति नगरपालिकाले भत्र्सना जाहेर गर्दै दोषि उपर कार्बाहीका लागि सम्बन्धीत निकायको ध्यानाकर्षण गराएको बताईन । महिला अगुवा नितु भट्टले घटनामा राजनीतिकरण गर्नुभन्दा पनि अपराधकै रुपमा छानबिन हुनुपर्ने बताईन । अर्की महिला अगुवा माया नेगीले निष्पक्ष ढङगबाट छानबिन गरेर पीडितलाई न्याय र दोषिलाई कार्बाही गर्नुपर्ने बताईन । महिला अगुवा भगवती थापाले बाल अनाथालयमा अनुगमन गर्दै सुधारमा जोडदिनुभयो । अगुवा अधिकारकर्मी भुवन कुँवर(केसी)ले घटना अत्यन्तै समाज बिरोधी भएकाले आग्रपुर्वाग्रहबिनै छानबिनमा जोडदिए । अर्की अधिकारकर्मी अन्जु भट्ट(जोशी)ले अनाथालय अनुगमन गर्दै सुधारमा जोडदिईन । ईन्सेक कञ्चनपुरका सहजकर्ता लिलि कुँवरले घटनाको छानबिन गर्दै पीडित बालिकाको भविष्यप्रति ध्यान दिनुपर्ने बताईन । बाल अनाथालयका अध्यक्ष पुर्ण बहादुर चन्दले आरोपित कार्यालय प्रमुख शंकर बहादुर चन्दलाई निलम्बन गरेर कावा अध्यक्ष्इा दिवाकर भट्टलाई दिएको बताउँदै घटना निष्पक्ष छानबिन हुनुपर्ने बताए । कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिह चौधरीले दोषिलाई हिरासतमा राखेर अनुसन्धान भईरहेको र बालिकाहरुको मेडिकल भएको बताए । ‘अनुसन्धान निष्पक्ष हुन्छ, जे जे गर्नुपर्छ हामी सबै गछौँ, ‘उनले भने, ‘यो घटनामा हामी कठोर भएर अघि बढिरहेका छौँ ।’जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले घटना अत्यन्तै सम्वेदनशिल भएकाले सरकारी निकायलाई सहयोग गर्नुपर्नेमा जोडदिएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी