२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
जिल्ला न्याय क्षेत्र समन्वय समिति कञ्चनपुरको बैठकमा सबै जनताको न्याय सेवामा पहुँच बृद्धि गर्ने सरोकारवालाले प्रतिबद्धता जाहेर गरेका छन ।
जिल्ला न्याय क्षेत्र समन्वय समिति कञ्चनपुरको सोमबार महेन्द्रनगरमा बसेको बैठकले सबै जनताको न्याय सेवामा पहुँच बृद्धि गर्ने सरोकारवालाले प्रतिबद्धता जाहेर गरेका हुन ।
कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदार समेत रहेका जिल्ला न्याय क्षेत्र समन्वय समितिका सदस्य सचिव जयन्ती अवस्थी(भट्ट)ले बैठकमा सरोकारवाला निकायका प्रतिनिधीले आ–आफ्नो तह, क्षेत्रबाट सबै जनतालाई न्यायको पहुँच पु¥याउने प्रतिबद्धता जाहेर गरेको बताए । श्रेस्तेदार एव न्याय क्षेत्र समन्वय समिति कञ्चनपुरका सदस्य सचिव अवस्थीले पालिका प्रमुख, उपप्रमुख एव जनप्रतिनिधीले अर्धन्यायिक निकायबाट समेत न्याय सेवा प्रभावकारी बनाउनका लागि आ–आफ्नो पालिकामा तालिम संचालन गर्ने प्रतिबद्धता जाहेर गरेको बताए । नयाँ संविधानले स्थानीय तहमा समेत केही न्याय सम्पादनको अधिकार दिएको छ । पालिका उपप्रमुखको अध्यक्षतामा न्याय समिति रहेको छ । जिल्ला न्याय क्षेत्र समन्वय समितिका अध्यक्ष एव कञ्चनपुर जिल्ला अदालतका न्यायधिश धुव्र कुमार शाहको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा न्यायिक तथा अर्ध न्यायिक निकायको सहभागिता रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी