२०८१ मंसिर ९, आईतबार
दोधारा । दोधारा चाँदनी नगरपालिकामा निर्धन उत्थान लद्युबित्तिय संस्था शाखाले बिद्यार्थीहरुलाई छात्रबृद्धि प्रदान गरेको छ् । आज दोधारा चाँदनी नगरपालिका– ५ शिवनगर टोलमा आयोजित एक कार्यक्रममा निर्धन उत्थान लद्युबित्तिय संस्था शाखा दोधारा चाँदनीले कक्षा १२ उर्तिण गरेका अनिता भण्डारीलाई रु. १० हजार छात्रबृति रकम हस्तान्तरण गरेको हो । निर्धन उत्थान लद्युबित्तिय संस्था शाखाको केन्द्रिय कार्यक्रम अनुसार दोधारा चाँदनी नगर क्षेत्र छरिएर रहेका निर्धन उत्थान लद्युबित्तिय संस्था शाखाको मातहतमा रहेको महिला समुहहरुका सदस्यको छोरा छोरी मध्य बिद्यालयमा उत्कृष्ठ अंक लिएर उर्तिण भएका २ जनालाई छात्रबृद्धि दिने संस्थाको यस वर्षको योजना अनुरुप दोधारा चाँदनी– ५ का अनिता भण्डारी र वडा नं. १० प्रगती टोलका यम बहादुर सुनारलाई उनिहरुको बिद्यालय पठन पाठनमा सहयोग पुऱ्याउने उद्धेश्यले दुबैलाई रु. १०/१० हजार नगद रकम दिने निर्ण भएको कार्यक्रममा बताईएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ शिवनगर टोलमा आयोजित छात्रबृद्धि रकम हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्री, निर्धन उत्थान लद्युबित्तिय संस्था शाखा दोधारा चाँदनीका शाखा प्रमुख गौतम ज्ञान थापा, निर्धन उत्थान लद्युबित्तिय संस्था शाखा दोधारा चाँदनीका सहायक तोयानाथ पन्त, वडा नं. ५ वडा कार्यालयका सामाजिक परिचालक दिपेन्द्र ढकाल तथा निर्धन उत्थान लद्युबित्तिय संस्था शाखा दोधारा चाँदनीको मातहतमा रहेको शिवनगर महिला समुहका पदाधिकारीहरुको उपस्थिती रहेको थिए । संस्थामा आबद्ध भएका सदस्यहरुका छोरा र छोरी उच्च शिक्षामा निरन्तरता दिन थप प्रोत्साहन र हौसला दिने उदेश्यले छात्रवृत्ति प्रदान गरेको भन्दै वडाध्यक्ष केशव खत्रीले निर्धन उत्थान लद्युबित्तिय संस्था शाखा दोधारा चाँदनीलाई धन्यबाद दिएका छन् । आफुले पाउने सरकारी सेवा सुबिद्याबाट बिद्यार्थीहरुको पठन पाठनमा सहयोग गर्दै आएको भन्दै वडाध्यक्ष खत्रीले अभिभावकहरुले आफ्नो नानीहरुलाई शिक्षा प्रदान गर्न बिशेष ध्यान पुऱ्याउन आग्रह गरेका छन् । संस्थाका प्रमुख गौतम ज्ञान थापाले निर्धन उत्थान लद्युबित्तिय संस्था गर्दै आएको कामहरुको बारेमा प्रष्ट्याएका थिए । हस्तान्तरण गरिएको छात्रबृद्धि रकमलाई डा. हरिहरदेव पन्त स्मृति छात्रबृति रकम बताईएको छ् । निर्धन उत्थान लद्युबित्तिय संस्था अन्तर्गतको १ सय ३० महिला समुहहरु दोधारा चाँदनी नगरपालिका क्षेत्रमा छरिएर रहेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी