२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
कञ्चनपुरको दैजीबाट जंगली बदेलको मासु सहित एक मानिस पक्राउ परेका छन । मंगलबार बेदकोट नगरपालिका १० दैजी एक होटलकै छेउबाट बदेलको मासु सहित एक युवक पक्राउ परेका हुन ।
सव डिभिजन वन कार्यालय ब्रम्हदेबका प्रमुख जिवन भण्डारीले डेढकिलो बदेलको मासु सहित जनक चन्द पक्राउ परेको बताए । सव डिभिजन वन कार्यालय ब्रम्हदेबका भण्डारीले उक्त मासु सहित मानिसलाई नियन्त्रणमा लिएर कार्बाही अघि बढाईएको छ । उक्त मासु कहाँबाट ल्याएको कसलाई बेच्न वा खरिद गरेको ल्याएको बारे थप अनुसन्धान गरिने बताए । होटलमा बिक्रिका लागि वा अन्यबाट खरिद गरिएको विषयमा सव डिभिजन वन कार्यालय ब्रम्हदेबले अनुसन्धान गरिएको छ ।
उक्त बदेलको मासु बराद एव मानिस पक्राउ प्रकरणमा कतै ठुलालाई उन्मुक्ति सानालाई कानुन लगाउने समेत चिन्ता व्यक्त गरिएको छ । स्थानीले घटनाको सत्यतथ्य छानबिन गरेर थप संलग्नमाथि कार्बाही हुनुपर्नेमा जोडदिएका छन । बनवाट कतै चलखेल भए त्यस बिरुद्धमा प्रतिवादकै चेतावनी दिएका छन । दैजीको उत्तर चुरे वन र दक्षिणमा निकुञ्ज भएकाले दुवै मध्ये एक वनबाट उक्त बदेलको शिकार गरेको वनका अधिकारीको अनुमान रहेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी