२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर:
कञ्चनपुरको भीमदत्त नगरपालिकाको मुटु महेन्द्रनगर बजार क्षेत्रमा सञ्चालित शहरी विकास परियोजनाको सडक निर्माण कार्यमा बदमासी भइरहेको खुलासा भएको छ ।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा आधुनिक र नमूना विकास गरेर देखाउन भइरहेको निर्माण कार्यमा निर्माण सामग्रीको उचित प्रयोग नभएको पाइएको छ ।
महेन्द्रनगरको ४ नम्बर गल्ली, अस्पपाल रोडमा नाइन इलेभन होटलनजिक ढलनिकास नाली बनाउँदा निर्माण कम्पनीले सरिया प्रयोग नगरेको पाइएको छ । सरिया प्रयोग नगरिकनै नालीको संरचना ढकालको काम भइरहँदा समेत स्थानीय सरकार, प्राविधिक कर्मचारी र अनुगमन संयन्त्र बेखबर देखिएका छन् । बुधवार सर्वसाधारणको अनुगमनका क्रममा २ ठाउँमा सरिया बिना नै नाली ढलान भइरहेको पाइएको छ ।
परियोजनाको सडक निर्माणको ठेक्का लामा कन्सट्रक्सनले लिएको छ । इन्जिनीयर भुपेन्द्रबहादुर सिंहले निर्माणका क्रममा गल्ती भएको स्वीकार्दै आगामी दिनमा नदोहोर्याउने बताए ।
विदेशबाट अर्बाैं ऋण लिएर गुणस्तरहीन काम भइरहँदा स्थानीय आक्रोशित बनेका छन् । स्थानीय समाजसेवी मदन चन्दले सबैको मिलेमतो हुनसक्ने भन्दै आक्रोश व्यक्त गरे । ‘गुणस्तरहीन काम भइरहँदा यहाँका जनप्रतिनिधि, मेयर, उपमेयर के हेरेर बसेका छन् ?’ उनले प्रश्न गरे, ‘सामान्य नागरिकले पनि गुणस्तरहीन काम भइरहेको देखेका छन्, मेयर, उपमेयर के गर्दैछन् ?’
वाईसीएल नेपाल कञ्चनपुरका जिल्ला अध्यक्ष तिलक जप्रेलले गुणस्तरहीन कामबारे ठेकेदार कम्पनीलाई पटक–पटक चेतावनी दिए पनि बेवास्ता गरिएको बताए ।
निर्माणका क्रममा कतिपय ठाउँमा नाली बांगोटिंगो देखिन्छ भने कतिपय ठाउँमा नाली सफा नै नगरी बन्द गरिएको छ । निर्माण कार्यमा संलग्न मजदुरले भने ठेकेदार कम्पनीले भनेअनुसार काम गर्ने गरेको बताए ।
यसबारे भीमदत्त नगरपालिकाका नगर प्रमुख (मेयर) पदम बोगटीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी