२०८१ मंसिर ९, आईतबार
दोधारा । दोधारा चाँदनी नगरपालिकामा द्धष्टिविहिन भएका ब्यक्तीहरुलाई सेता छडी बितरण तथा गमनशिलता तालिम प्रदान गरिएको छ् । दोधारा चाँदनी नगरपालिका उपमेयर गंगा जोशीको योजना अनुसार आज एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका दशै वडाका १६ जना द्धष्टिविहिन ब्यक्तीहरुलाई सेता छडी बितरण संगै गमनशिलता तालिम प्रदान गरिएको छ् । द्धष्टिविहिन ब्यक्तीहरुलाई सेता छडी बितरण कार्यक्रममा दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देवि जोशी, नेत्रहिन संघ कञ्चनपुरका अध्यक्ष प्रेम बहादुर बोहरा, गमनशिलता तालिमका प्रशिक्षक तथा नेत्रहिन संघ कञ्चनपुरका सचिव राजु खडायत, नेत्रहिन संघ कञ्चनपुर अन्तर्गत एनएनविपी कार्यक्रमका कार्यक्रम संयोजक पदम सिंह, एनएनविपी कार्यक्रमका सामाजिक परिचालक पदम बडैला, दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखक लगाएत द्धष्टिविहिन भएका ब्यक्तीहरुको सहभागिता रहेको थियो । दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोग, नेत्रहिन संघ कञ्चनपुरको आयोजनामा संचालन भएको सेता छडी बितरण तथा गमनशिलता तालिममा द्धष्टिविहिन भएका ब्यक्तीहरुले हिडडुल गर्न सहजताको लागी सघाउने बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले द्धष्टिविहिन भएका ब्यक्तीहरुलाई सानै भएपनि सहयोग गर्ने योजना अनुरुप आफुले उनिहरुको जिवशैलीमा सहजताको लागी सेतो छडी बितरण गर्ने योजना राखेको बताएका छन् । आगामी दिनहरुमा द्धष्टिविहिनहरुको लागी बिभिन्न कार्यक्रम ल्याउने दोधारा चाँदनीका उपमेयर गंगा देबी जोशीले प्रतिबद्धता ब्यक्त गरेका छन् । कार्यक्रममा दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुलले द्धष्टिविहिन भएर बस्नु पर्नेको अवस्थाको कल्पना गर्दै उनिहरुको आर्थिक अवस्था उकास्ने प्रकारको कार्यक्रमको लागी दोधारा चाँदनी कार्यालय चिन्तीत रहेको बताएका छन् । उनिहरुको दैनिकी सहजता तथा आर्थिक अवस्था उकास्न लागी आगामी दिनहरुमा दोधारा चाँदनी नगरपालिका कार्यालयले योजना तथा कार्यक्रम संचालन गर्ने दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी