२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर:
कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस कञ्चनपुरका सभापति पदम बोगटी नगर प्रमुख (मेयर) छन् । उनी मेयर बनेयता विभिन्न विवादमा पर्दै आएका छन् ।
जनप्रतिनिधिलाई समान पोशाकमा देखाउन पोशाकमा रकम खर्च गर्न खोजेको, महाकाली नदीको ठेक्का लगाउन नसकेको, शहरी विकास परियोजनाको कामलाई गुणस्तरीय बनाउन नसकेको आरोप मेयर बोगटीमाथि लाग्दै आएको छ ।
यसैबीच कांग्रेसकै बौद्धिक नेता लालमणि पाण्डेय भीमदत्त नगरपालिकाको प्रशासन देखेर दिक्क भएका छन् । बिहीवार बिहान नगरपालिका कार्यालय जाँदा कार्यकक्षमा कर्मचारी नभेटिएको नेता पाण्डेयको गुनासो छ । उनी शिक्षक पेशामा हुँदा कांग्रेसनिकट नेपाल शिक्षक संघमा आवद्ध थिए भने त्यसपछि पार्टीनिकट रहँदै आएका छन् । उनी कांग्रेसभित्र बौद्धिक नेताको रूपमा परिचित छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा कार्यकक्षमा कर्मचारी नभेटिएको फोटो राख्दै लेखेका छन्, ‘ हाम्रो भीमदत्त नगरपालिका, जुन कोठामा सेवा लिन गए पनि कुर्सी खाली । २०७९/१०/२६ गते (११ देखि ११.३० बजे) सेवाग्राही परेशान । तस्वीर रेडियो कञ्चनपुर ।’
भीमदत्तमा मेयर बोगटी आएपछि कर्मचारीहरू बेलगाम भएका र कर्मचारीको मनपरी चल्दा सेवाग्राहीले समयमै सेवा नपाउने गरेको गुनासो बढेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी