२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० भोलि ९सोमबार० सुदूरपश्चिम प्देश कैलाली र कञ्चनपुरको भ्रमण आउँदै छन्। तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्ड पहिलो पटक सुदूरपश्चिम आउन लागेका हुन।
सोमबार सुदूरपश्चिमको कञ्चनपुर र कैलालीका ठूला विकास योजनाको अनुगमन निरीक्षण गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री दाहालका स्वकीय सहसचिव गोकर्ण भट्टले बताए।
‘प्रधानमन्त्री ज्यूले विकासे योजनाको निरीक्षण अनुगमनको सुरुवात सुदूरपश्चिमबाट गर्दैहुनुहुन्छ,’ उनले भने, ‘भोलि दिनभर कैलाली–कञ्चनपुरमा बिताएर बेलुका काठमाडौँ फर्किनुहुन्छ।’
उनका अनुसार भोलि बिहान हेलिकप्टरमार्फत प्रधानमन्त्री दाहाल कैलाली पुग्नेछन्। कैलालीको गेटामा रहेको मेडिकल कलेजको निरीक्षण गर्ने प्रधानमन्त्रीको पहिलो कार्यक्रम छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा दाहालले सुदूरपश्चिमका शीर्ष नेता र सांसदहरुले भेटेका थिए। दाहालले गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रतिबद्धता पनि जनाएका छन्।
उनले अगामी मन्त्रिपरिषद्को बैठकबाट सो निर्णय गर्ने समेत सुदूरपश्चिमका सांसद र शीर्ष नेताहरुलाई बताएका थिए। अरबौँका संरचना निर्माण भएर पनि यो मेडिकल कलेज सञ्चालन हुन सकेको छैन।
त्यसपछि प्रधानमन्त्री दाहाल कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहको स्थान निरीक्षण गर्ने कार्यक्रम छ। त्यसपछि बिहान ११ः३० मा महेन्द्रनगरको खुलामञ्चमा हुने १४ औं सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको दाहालले उद्घाटन गर्ने छन् ।
नेकपा माओवादी केन्द्र कञ्चनपुरले ‘जनयुद्ध दिवस’ को अवसरमा आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न दाहाल सो कार्यक्रममा पुग्ने छन्। एकै दिनका यी चार कार्यक्रम सम्पन्न गरेर दाहाल भोलि नै काठमाडौं फर्किने कार्यतालिका रहेको छ। प्रधानमन्त्री दाहाल कैलाली र कञ्चनपुर आउने भएपछि यहाँको सुरक्षा निकायले दुवै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ।प्रचण्ड कञ्चनपुर, कैलाली आउने भएपछि आरक्षपीडित, उद्योग वाणिज्य संघदेखि विभिन्न निकायबाट ज्ञापन पत्र बुझाउने भएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी