२०८१ मंसिर ९, आईतबार
कञ्चनपुरः
कञ्चनपुरको महेन्द्रनगर बजारमा निर्माणाधिन सडक किनारमा माटो थुपारिएकै अवस्थामा पीपीसी गरिएको छ। भीमदत्त नगरपालिकाको गल्लि नं.४ र ५ मा सडक किनारमा माटोमाथि पीपीसी गरिएको हो। एसियाली विकास बैक(एडिबी)को ऋण सहयोगमा भीमदत्त नगरमा आधुनिक सडक निर्माणमा विद्युतका पोल, ढल र बलक लगाउने ठाँउमा बदमासी गरेर निर्माण कार्य अघि बढाईएको छ। सडक निर्माण कम्पनी जेडआईसीसी लामा जेभीले दिर्घकालिन असरलाई मध्य नजर नगरि सडक कालोपत्रे, ढल निकास सबै कुरामा लापरबाही गरेको छ । जिल्ला सदरमुकाम समेत रहेको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा ५ गल्ली सहितको सडक स्तरोन्तीमा लापरबाही देखिएको छ । ५ नं. गल्लीसहित ढल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोड्ने नमुना सढक, फुटपात, सौर्यबत्ती सहितको महेन्द्रनगर मझगाँउ सडकखण्डमा कालोपत्रे गरिएको खण्डमा विद्युतका पोल नहटाएरै कालोपत्रे गर्न लागेको हो। १० देखि १५ मिटर चौडाईका १४ किलोमिटर सडक निर्माणका लागि ८८ करोडमा सम्झौता सम्झौता भएको छ ।
निर्माण कम्पनीले क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीसँग ३ असार ०७७ देखि ३१ जेठ ०७९ मा काम सक्नुपर्ने सम्झौता गरेपनि पहिलो पटक म्याद सकिएर दोस्रो पटक ६ महिनाका लागि थप गरेपनि काम सम्पन्न गर्न सकेको छैन । पहिलो पटक थपिएको समय ०७९ पुषमा सम्पन्न भएको थियो । दोस्रो पटकका लागि निर्माण कम्पनीले म्याद थप माग गरेको छ ।
तर यस बारेमा भीमदत्त नगरका मेयर पदम बोगटीले केहि चासो नराखेको स्थानीय बताउँछन्। ‘हामिले जस्तो सोचेर भोट दिएका थियौं, त्यो सबै पानीमा गएको छ । हामिले गलत नेतृत्वलाई चुनेका रहेछौं,’ स्थानीय ब्यापारि।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी