२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर:
कञ्चनपुरको जिल्ला सदरमुकाम भीमदत्त नगरपालिकामा नयाँ नेतृत्व आएपछि एकपछि अर्काे बेथिति देखिने गरेको छ । एसियाली विकास बैंकको ऋण सहयोगको शहरी विकास परियोजनाको काममा भइरहेको अनियमितताबारे मेयर पदम बोगटीलाई सोध्दा ‘टेन्सन’ देखाएका छन् ।
सोमवार बिहान महेन्द्रनगर बजार क्षेत्रमा मेयर बोगटीसहितको टोलीले गरेको अनुगमनका क्रममा थुप्रै गडबडी देखिएको छ । अनुगमनमा ४ नम्बर वडाका अध्यक्ष सुशील भट्ट, राप्रपा कोषाध्यक्ष दिनेश श्रेष्ठ, इन्जिनीयर भुपेन्द्र सिंह, लामा कन्सट्रक्सनका प्रतिनिधिको सहभागिता थियो ।
अनुगमनमा गएका पत्रकार भुपी उपाध्यायले गुणस्तरहीन निर्माण भइरहेकोबारे सोध्दा आक्रोशित हुँदै मेयर बोगटीले भने, ‘तपाईंसँग म बोल्न चाहँदैन, तपाईं मलाई नसोध्नुस् ।’ पत्रकार उपाध्यायले पछिल्लो समय भीमदत्त नगरपालिकाका बेथितिबारे लेख्दै आएका छन् ।
समाजमा भइरहेका गतिविधि बारे पत्र पत्रीका मार्फत आम जनमानसमा सुचना प्रवाह गर्न मेयर किन डराइरहेका छन त ? मेयर साबले मिडिया सङ्ग बोल्न नै नहुने किन ?
यो सबै क्रियाकलापबाट लामा कन्स्ट्रक्सन सङ्ग ” मेयर साबको ” के सम्बन्ध छ कि ?
सार्वजनिक पद धारण गरि पदमा बहाल बसिरहेका व्यक्तीले आम-जनमानसमा सुचना प्रवाह गर्दा सुचना प्रवाह नै गर्न नमान्ने गैर जिम्मेवारी पुर्ण जवाफले सुचनामा आम जनमानसको अधिकार समेत कुण्ठित पार्ने प्रयास गरेको पाइएको देखिन्छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी