२०८१ मंसिर ९, आईतबार
संयुक्त प्यानल जिताउन विद्यार्थीसंग अखिल क्रान्तिकारीका संयोजक विष्टले मागे मत
कञ्चनपुर:
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारी स्थित रहेको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा नेकपा एमाले, माओवादी केन्द्र निकट विद्यार्थी संगठनको संयुक्त प्यानल चुनावी मैदानमा होमिएको छ । काँग्रेस निकट एक्लै उक्त क्याम्पसमा एमाले–माओवादीसंग सामना गर्न लागेको छ ।
एमाले निकट अनेरास्ववियु र माओवादी निकट अखिल क्रान्तिकारीले स्ववियू निर्वाचनका लागि कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा संयुक्त प्यानल अघि सारेका हुन । भने नेवि संघ एक्लै चुनावी मैदानमा छ । अनेरास्ववियु र क्रान्तिकारीका तर्फबाट बालिका पन्तको सभापतित्वमा संयुक्त प्यानल र नेवि संघका कृष्णराज जोशीको सभापतित्वमा टिम चुनावी मैदानमा होमिएको छ । अनेरास्ववियु र क्रान्तिकारीको संयुक्त प्यानल जिताउनका लागि अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्ट सहितका दुवै संगठनका नेता कार्यकर्ता खटिएका छन । क्रान्तिकारीका जिल्ला संयोजक विष्टले आम विद्यार्थीको हकहितका लागि बामपन्थी विद्यार्थी जिताउन क्याम्पसका विद्यार्थीसंग अनुरोध गर्दै मत मागेका छन । सोमबार क्याम्पस पुगेका क्रान्तिकारी संयोजक विष्टले विद्यार्थीको हकहितका लागिसंयुक्त प्यानल जिताउन अनुरोध गरेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी