२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
सुदूरपश्चिम विश्वविद्यालयमा फेरी तालाबन्दी भएको छ । यस अघि सुप विश्वविद्यालय केन्द्रीय क्याम्पस निर्वाचन समितिको कार्यकक्षमा कृष्ण पाण्डे समुहको नेवि संघ, नेकपा बहुमत, विप्लव र राप्रपा निकट विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए । पाण्डे समुहको नेवि संघ, बहुमत र राप्रपाले खोलेसंगै विप्लव निकट क्रान्तिकारीको यथावत रहेकै बेला विद्यार्थीले समेत तालाबन्दी गरेका छन । ८ चैत्रको चुनाव सारेर २१मा परीक्षाकै मुखमा पु¥याएको भन्दै तालाबन्दी गरेका छन । बिबिएस तेस्रो र चौथोबर्षका विद्यार्थीले बुधबार निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका हुन । बिबिएस चौथो बर्षमा अध्ययनरत विद्यार्थी सुरेन्द्र विष्टले परीक्षामै मुखमा विश्वविद्यालयले निर्वाचन गर्न खोजेर हजारौँ विद्यार्थीको भविष्य डामाडोल पार्ने मनसायले मिति निर्धारण गरेपछि बाध्य भएर तालाबन्दी गरेको बताए । ‘गत माघदेखि हाम्रो परीक्षा सार्दसर्दै चैत्रमा पु¥याईयो, ‘उनले भने, ‘चैत्रमा पनि परीक्षाकै मुखमा चुनाव गर्न खोजियो, यो सरासर विद्यार्थीको भविष्य चौपट र हित विपरित भएको छ ।’ परीक्षा अघि वा पछीको समयमा चुनाव हुनुपर्ने उनको भनाई छ । यस विषयमा निर्वाचन समिति र केन्द्रीय क्याम्पसले केही निर्णय लिएको छैन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी