२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको महाधिवेशनको तयारी पूरा भएको छ । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको महाधिवेशनको तयारी पूरा भएको हो । महाधिवेशन १७ र १८ चैतमा काठमाडौंमा हुँदै छ । महाधिवेशन नजिकिँदै गर्दा नेतृत्व लिन वरिष्ठतम उपाध्यक्ष अम्बादत्त भट्ट अग्रसर भएका छन ।
संगठनको करिब सात वर्षपछि हुन लागेको महाधिवेशनमा दुई कार्यकाल उपाध्यक्ष भइसकेका भट्ट अध्यक्षको एकल दाबेदारका रूपमा देखिएका हुन । यद्यपि, महाधिवेशनमा प्रतिस्पर्धा हुने कि सर्वसम्मत नेतृत्व चयन हुने टुंगो लागिसकेको छैन । बैतडी घर भई भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत भट्टले नेतृत्वमा आफ्नो स्वाभाविक दाबी रहेको बताए ।
भट्ट ०६९ देखि संगठनको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा छन । ‘व्यक्तिगत दुई कार्यकालदेखि उपाध्यक्ष छु, यसपालि नेतृत्व लिने सोच बनाएको छु,’ उनले भने, ‘नेतृत्वमा अरू साथीको खासै तयारी देखेको छैन । बहुसंख्यक साथीको समर्थन प्राप्त गर्छुजस्तो लाग्छ।’
विधान मस्यौदा समितिका संयोजकसमेत रहेका भट्टले संगठनको संरचनागत संख्या तय गर्न संघीय निजामती ऐन नबन्दा कठिनाइ भएको बताए। संगठनका सचिव लोकेन्द्र चौलागाईंले प्राविधिक रूपले हल व्यवस्थापनदेखि लिएर प्रचारका लागि ब्यानर, पोस्टर छपाइलगायत तयारी भएको बताए।
जिल्ला अधिवेशनहरू पूर्ण रूपले सम्पन्न भइसकेको र प्रदेश अधिवेशन भइरहेको उनले बताए । १६ गतेसम्म संगठनका सबै इकाईमा अधिवेशन सम्पन्न भएर महाधिवेशनबाट नेतृत्व चयन गरिने उनले बताए । सबैतिरबाट प्रतिनिधि छानिसकेको उनले बताए । उनका अनुसार महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल
(प्रचण्ड)ले गर्ने कार्यक्रम रहेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी