२०८१ मंसिर ९, आईतबार
कञ्चनपुरको बेदकोट नगरपालिका–१ गणेश आधारभूत विद्यालय पिपलथलामा शनिवार निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।
वैजनाथ मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह हात्तिथला र सिर्जनशील बचत तथा ऋण सहकारी संस्था दैजी सेवा केन्द्रको आयोजनामा आँखा शिविर सञ्चालन भएको हो ।
च्यारिटी हेल्थ फाउन्डेसनको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको सहकारीका वरिष्ठ अधिकृत महादेव नाथले जानकारी दिए । शिविरमा ६०० बढी उपभोक्ता लाभान्वित भएका छन् ।
शिविरमा ११६ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ । आँखाको शल्यक्रिया गर्नुपर्ने देखिएका ५९ बिरामीको मंगलवार बिहान धनगढी नेत्रालयमा शल्यक्रिया हुने सामुदायिक वनका अध्यक्ष यज्ञराज पनेरुले जानकारी दिए । ‘सामुदायिक वनले संरक्षणका कार्यक्रम सँगसँगै उपभोक्ताको स्वास्थ्य, शिक्षा र आयआर्जनका क्रममा ध्यान दिएको छ,’ अध्यक्ष पनेरुले भने ।
सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत शेयर सदस्यको हितमा आँखा शिविर सञ्चालन गरिएको सहकारीका वरिष्ठ अधिकृत नाथले बताएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी