२०८१ मंसिर ६, बिहिबार
काठमाडौँ:
नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी लिन सरोकारवालासँग परामर्श शुरु गरेका छन् ।
मन्त्री महतले सोमबार नेपाल बैंकर्स संघ र नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार मञ्चसँग छलफल गरेका थिए ।
सरोकारवालासँगको छलफलपछि मन्त्री महतले निजी क्षेत्रको विश्वासको स्तर उकास्ने र अर्थतन्त्रमा देखिएका चुनौतीलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा डा महतले सबै पक्षबाट राय सुझाव लिएर आफूले कदम चाल्ने र सरोकारवालासँग परामर्श जारी राख्ने बताउनुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
महासङ्घ र सङ्घका प्रतिनिधिसँगको छलफलपछि अर्थमन्त्री डा महतले केही दिनभित्रै पूँजी बजारमा सकारात्मक परिणाम ल्याउने गरी काम गर्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिए ।
सोमबार नै अर्थमन्त्री महतले केन्द्रीय राजस्व चुहावट समितिको बैठक बोलाएका थिए । बैठकमा गृहसचिव, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी बलनेपालका प्रमुख, राष्ट्रिय गुप्तचर विभागका प्रमुख, आन्तरिक राजस्व विभागका महानिर्देशक, भन्सार विभागका महानिर्देशकलगायत विभिन्न निकायका अधिकारीको उपस्थिति थियो ।
सबै बैठकमा मन्त्री डा महतले समस्याग्रस्त अर्थतन्त्रलाई पुनरुत्थान गर्ने आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताउँदै निजी क्षेत्रसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।
“म तपाईंको मनोबल गिर्न दिने छैन। म तपाईंसँग नियमित परामर्शमा रहनेछु। अर्थतन्त्र सुधारका लागि मैले गरेको प्रतिबद्धतापूरा गर्न तपाईंहरूबाट पूर्ण सहयोगको अपेक्षा गरेको छु,’ मन्त्री पुनको भनाइ उद्धृत गर्दै महासंघले भनेको छ।
pic:online
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी