२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
कञ्चनपुरको महाकाली नदीबाट नदीजन्य पदार्थको रोयल्टी राजस्व संकलनमा बदमासी भईरहेको पाईएको छ । भीमदत्त नगरपालिकाले चालु आर्थिक बर्ष २०७९÷०८० मा महाकाली नदी ठेक्का नलागेपछि सिधै दैनिक कर्मचारी राखेर राजस्व संकलन गरिरहेको छ ।
महाकाली नदी स्थित भीमदत्त नगरपालिका ११ र १३ क्षेत्रका विभिन्न घाटबाट राजस्व संकलनमा बदमासी भईरहेको पाईएको हो । दर्जनौँ ठेली बिना छाप रसिद र सवारी साधनको आधा मात्रै नम्बर राखेर काटिरहेका छन । महाकाली नदीबाट राजस्व संकलनमा बदमासी भईरहेको भन्दै भीमदत्त नगरपालिका ११, १२ र १३ तटिय क्षेत्रका स्थानीय आन्दोलित भएका छन । भीमदत्त नगरपालिकाबाट राजस्व संकलनमा बदमासी भईरहेको र राजस्व छली भईरहेको भन्दै उनीहरुले नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन । राजस्व समितिकी संयोजक समेत रहेकी उपप्रमुख निलक लेखकलाई ज्ञापन पत्र बुझाएका छन ।
भीमदत्त नगरपालिका ११ भुजेलाका स्थानीय सुभास सिह धामीले नगरपालिकाबाट महाकाली नदीको रोयल्टी (ढुङगा, बालुवा) संकलनमा बदमासी भएपछि नगरपालिकाको ध्यानाकर्षण गराएको बताए । ‘राजस्व संकलन गर्दा ठेलीमा कार्यालयको छाप छैन, ‘उनले भने, ‘छापबिनै रसिद काटिरहेका छन, यो त सरासर बदमासी भयो ।’
स्थानीय भैरव भट्टले ठाडो रुपमा राजस्वछली हुँदा समेत भीमदत्त सरकार चुपचाप बसेको आरोप लगाए । ‘उता महाकाली नदीबाट दैनिक राजस्व छली भईरहेको छ, तर कसैलाई चिन्ता छैन, न अनुगमन छ ।’
नेकपा माओवादी भीमदत्त नगरका नेता कृष्णदत्त जोशी(बोक्सर)ले नगरको आम्दानीको स्रोत नै दुरुपयोग हुँदा समेत पालिका सरकारले चासो नदेखाएपछि स्थानीयले ध्यानाकर्षण गराएको बताए । ‘महाकाली नदीबाट रोयल्टी संकलन बाफत दैनिक लाखौँ रकम संकलन हुन्छ, ‘उनले भने, ‘त्यसमै बदमासी भईरहेको पाईयो ।’भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकास थापाले आफ्नो वडाको घाटमा उक्त बदमासी नभएको बताए । भीमदत्त नगरपालिका राजस्व शाखा प्रमुख विक्रम भण्डारीले कार्यालयको छाप बिना पनि राजस्व संकलन गर्न पाईने बताए । ‘कहिलेकाही ठेलीमा छाप लगाउन छुट्छ, ‘उनले भने, ‘तर नियत सहि हुनुप¥यो, कुनै त्रृटि भेटिए सम्बन्धीत कर्मचारीमाथि कार्बाही हुन्छ, कसैले पनि राजस्व हिनामिना गर्न पाईदैन ।’ यसरी राजस्वमै बदमासी हुन थालेपछि अन्य विकास निर्माणकै योजनामा समेत कमिसनदेखि चरम लार्पबाहीका घटनाहुने थप आशंका गरिएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी