२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । बेदकोट नगरपालिकामा केही दिनअघि नगर प्रवक्ता चित्रदेव भट्टले मोटरसाइकल दुरुपयोग गरी बैतडी पुगेको घटना सार्वजनिक भयो । त्यसलाई सही देखाउन मेयर भोजराज बोहरा लगायतले कीर्ते कार्यहरू समेत गरेको बाहिरियो ।
त्यो घटना सेलाउन नपाउँदै बेदकोट नगरपालिकामा फेरि अर्काे काण्ड बाहिरिएको छ । आज शनिवार बेदकोट नगरपालिकाका कर्मचारीहरू सरकारी मोटरसाइकलसहित पिकनिक खान रौटेला पुगेका छन् ।
रौटेलामा सरकारी नम्बर प्लेटमा ५३६ नम्बरको स्कूटर र म१ब १२० नम्बरको मोटरसाइकल देखिएका छन् । रौटेलामा भेटिएका केही कर्मचारीहरूले नाम नबताए पनि आफूहरू पिकनिक खान आएको बताएका छन् ।
नगरपालिकाका प्रवक्ता चित्रदेव भट्टले मोटरसाइकल दुरुपयोग भएकोबारे आफूलाई थाहा नपाएको बताए । बिदाको दिन सरकारी मोटरसाइकल र स्कूटर कुन प्रयोजनका लागि रौटेका पुगे भन्नेबारे पनि उनले स्पष्ट जवाफ दिन सकेनन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सूचना अधिकारी कृष्णानन्द जोशीले आफूले मोटरसाइकलको कुनै पनि पास नदिएको बताए । सार्वजनिक बिदा र शनिवारको दिन सरकारी सवारीसाधन चलाउन जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने प्रावधान छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी