२०८१ मंसिर ७, शुक्रबार
प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ले पूँजीगत खर्चको आकार बढाउन विशेष पहल गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
उनले मुलुकको आर्थिक चुनौतीलाई सम्बोधन गर्न सम्बन्धित निकायको तर्फबाट ‘उत्कृष्ट’ कार्यसम्पादन गर्न आग्रह गरे ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूँजीगत खर्च बढाउनुपर्ने र सेवा प्रवाहमा गुणस्तरीयता सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
“समयमै पूँजीगत खर्च हुन नसक्दा विकासको गति अवरुद्ध हुने मात्र होइन, अर्थतन्त्रमा बहुआयामिक प्रभाव पनि पर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसैले सङ्घीय, प्रदेश र स्थानीय गरी तीन तहका सरकारले पूँजीगत खर्चलाई तीव्रता दिन र वितरणमा गुणस्तरीयता कायम गर्न आवश्यक छ ।
उनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट तर्जुमा गर्दा नयाँपन र गुणस्तरमा ध्यान दिन निर्देशन दिँदै राम्रो प्रगति भएका आयोजनालाई स्रोतको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
“केही आयोजनाले राम्रो प्रगति देखाए पनि चालू आर्थिक वर्षको पहिलो छ महिनामा बजेट तथा आयोजना कार्यान्वयनमा अपेक्षित नतिजा आउन नसकेको र यो अत्यन्त संवेदनशील विषय हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
बैठकमा छलफल भएका विषयबाहेक अन्तरमन्त्रालय समन्वयका सम्बन्धमा कुनै समस्या देखिएमा तत्काल सम्बोधन गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले पूँजीगत खर्च वृद्धिका लागि मन्त्रीहरूले ठूलो प्रयास गर्ने विश्वास व्यक्त गर्नुभयो ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षासहित यस विषयमा आफ्नो प्रस्तुति दिएका थिए ।
बैठकमा सङ्घीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, महालेखा परीक्षक, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष, मुख्यसचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, जिल्ला समन्वय समितिका अध्यक्ष, नेपाल नगरपालिका सङ्घका अध्यक्ष, गाउँपालिका राष्ट्रिय सङ्घका अध्यक्षलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी