२०८१ मंसिर ९, आईतबार
दोधारा । दोधारा चाँदनी नगरपालिकाको सिमावर्ती भारतिय बजारबाट सशस्त्र प्रहरीले तस्करी गराएको आरोप लगाउदै आज एक भेलाले भन्सार कार्यालयको माँग अघि सारेको छ् । दोधारा चाँदनी नगरपालिका अन्तर्गत रहेका बजार ब्यवस्थापन समिति अध्यक्ष कृष्ण बहादुर बुढाथोकीको अध्यक्षतामा बसेको एक भेलाले दोधारा चाँदनी नगरपालिकाको सिमावर्ती भारतिय बजारबाट सिमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीहरुले तस्करी गराउदै आएको आरोप लगाउदै भन्सार कार्यालय स्थापनाको माँग राखेको छ् । ‘दोधारा चाँदनी नगरपालिकाका आमजनताले ब्यापारीहरुले समान्य किसिमका समान महेन्द्रनगर देखि दोधारा चाँदनी नगरपालिका ल्याउदा लैजादा बखतमा पाउने दुख र समस्या भएको र सरसमान लैजादा, ल्याउदा भौगोलिकरुपमा पनि समस्या भएको कारण भन्सार कार्यालयको ब्यवस्था गर्नुपर्ने माँग राखेको छ् । सर्वसाधारण जनतालाई खान, ल्याउन र आवश्यक घरायसी समस्या दर्शाएको कारण हामीले सामान्य जनताको घरायसी समान छाडेका हौं भनि त्यसै बिषय बस्तु भित्र मुर्त र अमुर्तरुपमा बिओपी प्रमुखहरुले तस्करी गराउने र सर्वसाधारण र मन नपरेकाहरु ब्यक्तीहरुलाई निशाना बनाई दुख दिने मनसाय भएको कारण सबे ब्यापारी, समाजसेवी, बुद्धिजिवीहरुलाई माँग अनुसार यस्तो ज्यादती नर्गको लागी नगरपालिका मार्फत सम्बन्धीत निकायमा अनुरोध गर्ने निर्णय गरिएको छ् ।’ निर्णयमा भनिएको छ् । भोली बिहान नगरपालिका कार्यालयमा धर्ना दिने कार्यक्रम तयारी गरिएको ब्यापारीहरुले बताएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी