२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
कञ्चनपुरको एक होटलले होटलमा प्रवेस गरे बाफत गैर कानुनी रुपमा उद्यान मर्मतका नाममा रकम अशुलिरहेको छ ।
बेदकोट नगरपालिका ७ सुडामा रहेको पोखरी कजेट प्रालिले कानुनी बिरुद्धमा उद्यान मर्मत भन्दै रकम अशुलिरहेको छ । जबकी कुनैपनि निजी क्षेत्र उद्यमी व्यवसायीले आफ्नो धनसम्पती भौतिक संरचना मर्मतका लागि यसरी होटलमा प्रवेस गर्ने ग्राहकबाट छुट्टै रकम अशुल्न पाईदैन । तर पोखरी कटेजले प्रति ग्राहक २५ रुपैया रकम अशुल्दा ग्राहक बिरोधमा उत्रिएका छन ।
जबकी कञ्चनपुरका थ्रिस्टार होटलले कुनैपनि मानिस प्रवेस गर्दा वा ग्राहक प्रवेस गरेर निर्धाद रुपमा घुमफिर गर्न पाउने भएपनि उक्त पोखरी कटेजले अनेकन बहानामा होटलमा नास्ता खानजाने ग्राहकबाट रकम अशुल्न थालेपछि त्यहाँ पुग्ने ग्राहक हैरान भएका छन । होटलले गैर कानुनी रुपमा बाला समेत खेलाउने गरेपछि ग्राहकबाट बिरोध आएपछि हटाएको छ ।
पोखरी कटेज प्रालिले यसरी ग्राहकबाट अवैध रुपमा रकम अशुल्न थालेपछि सरकारी कार्यालयको समेत गम्भिर ध्यानाकर्षण भएको छ । घरेलु तथा साना उद्योग कार्यालयले कुनैपनि निजी व्यसायीले यसरी सर्वसाधारणबाट रकम अशुल्न नपाईने बताए । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख हेमन्त सिहले कटेजले निजी कामका लागि सर्वसाधारण वा त्यहाँ जाने ग्राहकबाट रकम अशुल्न नपाईने बताए ।
आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका प्रमुखले सरकारी नियम अनुरुप कटेजले मर्मत शुल्न लिन नपाउने बताए । सरकारले सेवा शुल्क समेत हटाएको निजी काम प्रयोजनका लागि सेवा शुल्क समेत हटाएको बताउँदै उनले यसरी आफ्नो निजी काममा लागि रकम लिनै नपाउने बताए । यस बारेमा पोखरी कटेजका संचालकले विभिन्न विषय थाहा नभएको र आगामी दिनमा सच्याउने बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी