२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले टोकन प्रणालीबाट सेवा शुरु गरेको छ । बुधबारदेखि प्रशासन कार्यालयले टोकन प्रणालीबाट सेवा शुरु गरेको हो । कञ्चनपुरका सहायक प्रमुख प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सेवाग्राहीको चापलाई मध्य नजर गर्दै टोकन प्रणाली लागु गरिएको बताए ।
उनका अनुसार उच्च भिडभाँड हुने नागरिकता, प्रतिलिपी, राहदान र राष्ट्रिय परिचय पत्रका सेवाग्राहीका लागि प्रशासनले टोकन प्रणालीबाट सेवा दिने थालेको छ । बाह्रै महिना नागरिकता, प्रतिलिपी, राहदान र राष्ट्रिय परिचय पत्रका सेवाग्राहीको कार्यालयमा चापले सेवा प्रवाह चुस्तदुरुस्तका साथै सेवाग्राहीलाई नै समस्या हुने भएकाले लामो समय लाईनमा बस्न नपर्ने गरी टोकन प्रणाली लागु गरिएको सहायक प्रजिअ जोशीले बताए । ‘सेवाग्राही आउँछन, टोकन लिन्छन, ‘उनले भने, ‘सोही अनुरुप आ–आफ्नो सेवा लिनुपर्ने कक्षमा गएर सेवा सहज ढङगबाट लिनेछन ।’
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले सेवाग्राहीकै चाप र समस्यालाई मध्य नजर गर्दै गृहमन्त्रालयको कार्य योजना अघि शिघ्र सेवा प्रवाह र लामो समय लाईनमा बस्नुपर्ने झन्झट हटाउने उदेश्यले टोकन प्रणाली लागु गरिएको बताए । ‘हामीले कतै विचौलिया र टोकन दुरुपयोग रोक्नका लागि पनि सिसिटिभी जडान गरेका छौँ, ‘प्रजिअ अर्यालले भने, ‘सेवाग्राही आउँछन, निर्वाद रुपमा आ–आफ्नो टोकन लिएर सेवा लिएर जान्छन ।’
टोकन प्रणाली लागु भएपनि कसैले पहुँच, चिनजानका आधारमा लाईन मिचेर सेवा लिन विकृती हट्ने प्रजिअ अर्यालको दावि छ । यस अघि विभिन्न प्रकृतिका पहुँचका आधारमा ढिलो आएर सिधै कार्यालयको सेवाकक्षमा प्रवेस गरेर सेवा लिने गर्दै आएको प्रवृतिलाई समेत टोकन प्रणालीले रोक्ने प्रजिअ अर्यालको भनाई छ । चार प्रकारका सेवा प्रवाहमाा टोकन प्रणाली लागु भएपछि सेवाग्राही समेत हर्षित भएका छन । सेवाग्राहीले पहुँचका आधारमा सेवा लिने कार्य रोकिदै विज्ञान र प्रविधीलाई प्रयोग गरेर लिन सकिने बताउदै अब विविधी अनुरुप कर्मचारीले समेत सेवा प्रवाह दुत बनाउनुपर्नेमा सुझाव दिएका छन ।
गड्डाचौकीदेखि महाकाली मेची साईकल यात्रा शुरु
कञ्चनपुर, ६ बैशाख
पश्चिम नेपाल कञ्चनपुरको गड्डाचौकीदेखि तीन दलित समुदायका महिलाले महाकाली मेची साईकल यात्रा शुरु गरेका छन ।
बुधबार बिहान एक कार्यक्रमका विच भीमदत्त नगरपालिका ११ गड्डाचौकीदेखि तीन दलित समुदायका महिलाले महाकाली मेची साईकल यात्रा शुरु गरेका हुन । संचारकर्मी समेत रहेका रीता बुढाथोकी, संगिता नेपाली र ईन्द्रीरा विश्वकर्माले नेपालको राष्ट्रिय झण्डा सहित साईकल यात्रा शुरु गरेका हुन ।
‘सबैखोले विभेदको अन्त्य हाम्रो अभिभारा, न्याय, समानता र आत्म सम्मानका लागि’ मुल नारा अघि सारेर तीनै जना महिलाले साईकल यात्रा गर्न लागेको जनाएका छन ।
डेढदशकदेखि रेडियो नेपालमा कार्यरत रीता बुढाथोकीले अझैपनि दलित समुदायमाथि विभेद भएकाले विभेद रहित समाज निर्माणका लागि यात्राका माध्यमबाट सन्देश लिन लागेको बताईन । यात्राका दौरानमा रचानात्मक छलफल, अन्तरकृया गर्ने र दलित समुदायको अवस्था बुझ्ने बताईन । दलित महिला संघ कञ्चनपुुरका अध्यक्ष लक्ष्मी विकले अझैपनि दलित समुदाय र त्यसमाथि पनि दलित महिलामाथि बढि विभेद रहेको भन्दै यात्राका माध्यमबाट सो चिनुपर्ने बताईन ।
सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले यात्रा सफलताको कामना गर्दै प्रदेश प्रमुख जोशीले दलित समुदायको न्यायका लागि विद्यमान ऐन, व्यवस्था कार्यान्वयन हुनुपर्ने बताए । माओवादी केन्द्रका नेता समेत सुप प्रदेशका पुर्व राज्यमन्त्री मान बहादुर सुनारले दलित विभेद स्वयम दलित र गैर दलित समुदायले ह्यदयबाटै हटाउनुपर्ने बताए । काँग्रेस नेता समेत रहेका संविधान सभा सदस्य विनोद पहाडीले साहसिक यात्राबाट विभेद हटाउन सन्देश दिने बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी