२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । नेपाल सरकारका परराष्ट्र मन्त्री एनपी साउँदले मानसखण्ड सर्किट विकासका लागी भारत सरकार पनि सकारात्मक भएको बताएका छन् । परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएपछि पहिलो पटक गृहजिल्ला कञ्चनपुर पुगेका साउँदले शनिवार श्री ग्वासी समैजी क्षेत्र विकास तथा सनातन धर्म संरक्षण समितिको १३ औँ साधारण सभामा बोल्दै त्यसो भनेका हुन् । मानसखण्ड सर्किट निर्माण गरेपछि यहाँको धार्मीक पर्यटन तथा आर्थिक विकास रुपमा हुने उनले बताए । ‘मैले सुदूरपश्चिम विश्व विद्यालयका उपकुलपतीलाई मानसखण्ड सर्किटको विकासका लागी मानसखण्ड क्षेत्रभित्र भारतमा रहेका धार्मीक क्षेत्र र नेपालमा रहेका धार्मीक क्षेत्रहरुको गृहकार्य गर्न र प्रपोजल बनाउन आग्रह गरेको छु ।’ उनले भने ‘उहाँले सो कार्य म गर्छु भनेर भन्नु भएको छ र भारत सरकारपनि यो मानसखण्ड सर्किट विकासका लागी सकारात्मक छ ।’ उनले अगाडी भने ‘भारत भ्रमणमा म भारत सरकारसंग यो विषयमापनि छलफल गर्नेछु ।’ मोहना नदिको तठबन्ध,जोडाघाट देखी धनगढी जाने बैकल्पिक सडकलगाएतका विकासका काम अगाडी बढाइने उनले बताए । ‘मोहना नदिको तटबन्धको काम, जोडाघाट देखी धनगढी जाने वैकल्पिक सडक लगाएत यो फल्टुडे जाने सडक र यहाँको यो ग्वासी समैजी मन्दिरलाई धार्मीक पर्यटनका रुपमा विकास गर्न काम अगाडी बढाइन्छ ।’ उनले भने ‘विकास निर्माणका काममा सबैको सहयोग सहकार्य रहनु पर्छ ।’ उनले अगाडी भने ‘विकासका कामका लागी सबै राजनितिक दल एक जुट हुन आवश्यक छ ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी