२०८१ मंसिर १८, मंगलबार
काठमाडौँ:
यो वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि कीर्तिमानी आरोहीले प्रयास गरिरहेका छन् ।
पर्यटन विभागका अनुसार ४३ समूहका ४६६ आरोहीले आरोहण अनुमति लिएका छन् । तीमध्ये ९८ जना महिला र ३६८ जना पुरुष रहेको विभागले जनाएको छ ।
विभागको तथ्याङ्कअनुसार यस याममा सगरमाथा वा सगरमाथा आरोहणका लागि नेपालसहित विभिन्न ६५ मुलुकका आरोही रहेका छन् । नेपालबाट १५ आरोहीले आरोहण अनुमति लिएका छन् । यस्तै चीनका ९६, अमेरिकाका ८९ र भारतका ४० आरोहीले आरोहण अनुमति लिएका छन् ।
त्यस्तै हंगेरीबाट ३३, क्यानडाबाट २१, रसियाबाट १८ र बेलायतबाट १५ जनाले अनुमति लिएका छन् । नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले कोभिड–१९
को महामारीयता तिब्बततर्फ (उत्तरपूर्वी रिज रुट) आरोहण अनुमति नभएकाले नेपालबाट आरोहण अनुमति लिने आरोहीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हुन सक्ने बताउनुभयो ।
सगरमाथाको चुचुरोमा पहिलो पटक पाइला टेकेको ७० वर्ष बितिसकेको छ । तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा सगरमाथाको सफल आरोहण गरेका थिए ।
आठ हजार ८४८ दशमलव ८६ मिटर अग्लो सो हिमालको हालसम्म करीब सात हजार स्वदेशी तथा विदेशी आरोहीले सफल आरोहण गरिसकेका छन् भने तीन सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाका अनुसार सन् २०२२ मा ४४ समूहका ३२३ आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए ।
pic: Adrian Ballinger
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी