२०८१ मंसिर ८, शनिबार
काठमाडौँ:प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विकासका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
सरकारले उत्पादन बढाउन र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने उनले नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को गैँडाकोटमा मौलाकालिका केबलकारको उद्घाटन गर्दै भने ।
‘निजी क्षेत्रसँग सार्थक
यसका लागि आवश्यक ऐन र कानुन बनाएर भौतिक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यमा लगानी बढाउने र स्वस्थ जनशक्ति निर्माण गर्ने वातावरण निर्माण गर्ने जिम्मेवारी राज्यले लिनुपर्ने उनको भनाइ छ ।
अहिले निजी क्षेत्रले भोग्नुपरेको कठिनाइलाई सहज बनाउन संघीय सरकार प्रयासरत रहेको उनले बताए । "मलाई विश्वास छ नतिजा आउनेछ। हामीले जनतामा निराशा बाँड्न बन्द गर्नुपर्छ।"
सहकार्य नभएसम्म मुलुकको आर्थिक विकासले गति लिन सक्दैन, अहिले उत्पादन बढाएर रोजगारीका अवसर सिर्जना गर्न जोड दिएका छौँ ।
पछिल्लो समय रेमिट्यान्स आप्रवाह बढ्दै गएको दाबी गर्दै उनले आगामी दिनमा यसलाई बढाउन सरकार प्रयासरत रहेको बताए ।
‘राजस्व बढ्दै गएको छ, विदेशी विनिमय सञ्चिति उत्साहजनक छ, यसलाई सन्तुलनमा राख्न जोड दिनेछौँ,’ उनले भने, ‘बैंकको ब्याजदर पनि जेठ मसान्तसम्म घट्ने बताए ।
उनले राज्य आफ्नो पक्षमा रहेको बताउँदै राष्ट्र निर्माणका लागि उद्योगी र व्यापारीलाई एकजुट हुन आग्रह गरे ।
‘नेपाल अझै पनि आर्थिक दबाबमा छ,’ उनले भने, ‘परिस्थितिमा सुधार भई सामान्य बाटो खोज्ने आशा छ ।
आइएमई ग्रुपका अध्यक्ष ढकालले स्थानीय जनताको साझेदारीमा आइएमई ग्रुपको ५१ प्रतिशत लगानीमा केबलकार सेवा सञ्चालनमा आएको बताए । यसको लागत करिब दुई अर्ब रुपैयाँ छ ।
गत वैशाख १ गतेदेखि केबुलकार सञ्चालनमा ल्याइएको जानकारी दिँदै ढकालले केबुलकारको माथिल्लो स्टेसन नजिकै चार तारे दर्जाको होटल निर्माणको काम तीव्र गतिमा अघि बढेको जानकारी दिए ।
उनले आगामी ६ महिनाभित्र ६० कोठासहितको विलासी होटल सञ्चालनमा आउने बताए ।
ढकालका अनुसार केबलकार र होटलमा करिब २ सय जनाले रोजगारी पाउनेछन् ।
"बुटवलमा केबुलकार निर्माण अन्तिम चरणमा छ, पाथीभरादेखि सुदूरपश्चिमसम्म केबुलकार बनाउने प्रक्रिया अगाडि बढेका छौँ, पर्यटन गतिविधि सञ्चालन गरेर देशको आर्थिक अवस्थामा सुधार ल्याउने
हाम्रो योजना छ," उनले भने । केबुलकारको माथिल्लो स्टेसन मन्दिर नजिकैको हेलिप्याडमा बनाइएको छ भने तलको स्टेशन मौलाकालिकाको आधारमा रहेको धारापानीमा रहेको छ ।
केबलकारको एक साइड लम्बाइ १२ सय मिटर रहेको छ भने ६ वटा टावर निर्माण गरिएको छ । केबलकारमा १४ वटा गोन्डोला छन्। एउटा गोन्डोलामा एकै पटकमा आठ जना यात्रुहरू बस्न सक्छन्।
प्रत्येक गन्डोलालाई एउटा स्टेशनबाट अर्को स्टेशनमा पुग्न पाँच मिनेट लाग्छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी