२०८१ मंसिर ७, शुक्रबार
काठमाडौं:
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भुटानी शरणार्थीको भेषमा नेपालीलाई विदेश पठाउनेदोषीलाई कानूनको कठघरामा ल्याउनुपर्ने बताएका छन् ।
राप्रपा निकट राष्ट्रिय लोकतान्त्रिक महिला सङ्घको प्रथम एकता सभाको आइतबार यहाँ उद्घाटन गर्दै नेता लिङ्देनले यस्ता जघन्य आपराधिक गतिविधिलाई क्षमा दिन नसकिने बताउनुभयो ।
सो घोटालाको निष्पक्ष छानबिनको माग गर्दै उनले राजनीतिक शक्तिको इसारामा गरिएको यस्तो जालसाजीपूर्ण घोटालाप्रभावित हुन सक्ने र दोषी उम्कन सक्ने चेतावनी दिए ।
कुनै पनि बहानामा घोटालाको अनुसन्धान रोक्न नहुने बताउँदै उनले सांगठनिक भ्रष्टाचार अन्त्य नभएसम्म मुलुकले समृद्धि हासिल गर्न नसक्ने र सुशासन कायम हुन नसक्ने जिकिर गरे ।
दुई दिनसम्म चल्ने सो सम्मेलनमा देशभरबाट एक हजार १०० भन्दा बढी प्रतिनिधि सहभागी छन् । भेलामा राजनीतिक तथा महिलासम्बन्धी प्रतिवेदनका साथै विधान मस्यौदा समितिले तयार पारेको विधानमाथि छलफल हुने बताइएको छ ।
सङ्घले हिन्दू राष्ट्र पुनःस्थापनाजस्ता राप्रपाले कायम गरेको आदर्श र मूल्यमान्यताका आधारमा गतिविधि सञ्चालन गर्दै आएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी