२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
कञ्चनपुरको सुकासालमा प्रहरी र स्थानीयविच लफडा मच्चिएको छ । प्रहरीले घरसायी समान ल्याउँदा समेत विचबाटोमा रोकेर अनावश्यक दुख दिन खोजेको भन्दै स्थानीय र प्रहरीविच लफडा मच्चिएको हो ।
भारतबाट ल्याउने समानको गड्डाचौकी भन्सारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको चेकिङ्गपछि महेन्द्रनगर तर्फ समान ल्याउने समानमा सुकासालमा रहेको अस्थायी प्रहरी चौकीका प्रहरीले अनावश्यक दुख दिन थालेपछि केही क्यारिङ्गकर्ता र स्थानीय प्रहरी बिरुद्धमा खटिएका हुन । स्थानीयले प्रहरीले घरयासी समानमा समेत अति दुख दिएको भन्दै अस्थायी प्रहरी विट नै भत्काईदिएका छन । स्थानीय र प्रहरीविच झडप हुँदा दुवै तर्फ घाईते भएपनि जिल्ला प्हरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले घटना बारेमा पटक पटक फोन गर्दा समेत उनले प्रयोग गर्ने ९८५८७५०९१७फोन उठेन । प्रहरीले भारतबाट सेटिङ्ग गरेर ल्याएका अवैध समान सशस्त्र प्रहरीले छाडेपछि रोक्न सकस भएको जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी