२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
कञ्चनपुरको सुकासालमा प्रहरी र क्यारिङ्गकर्ता(मजदुर)विच झडप भएको छ । गयराती भीमदत्त नगरपालिका ५ सुकासालमा प्रहरी र क्यारिङ्गकर्ताविच झडप भएको हो ।
भन्सार नकाटेरै समान ल्याएको भन्दै प्रहरीले सुकासालमा क्यारिङ्गकर्ताका समान रोकेपछि उत्पन्न भएको विवाद झडपमा परिणत भएको थियो । गड्डाचौकी भन्सारदेखि झण्डै पुर्वतर्फ २किलोमिटर दुरीमा रहेको सुकासाल प्रहरी विटले क्यारिङ्गकर्तालाई रोकेपछि विवाद शुरु भएको थियो ।
भन्सार काटेर ल्याएको समानमा घुस लिन खोजेको भन्दै क्यारिङ्गकर्ता प्रहरीमाथि खनिएका थिए । एक क्यारिङ्गकर्ताले सीमा क्षेत्रमा सशस्त्र प्रहरी, त्यस नजिकै ईप्रका गड्डाचौकीमा प्रहरी हुँदाहुँदै भन्सारबाट ल्याएको समान विच बाटोमा मनलाग्दी चेकजाँचका नाममा प्रहरीले दुख दिएपछि क्यारिङ्गकर्ता प्रहरीमाथि खनिएका हुन । प्रहरी र क्यारिङ्गकर्ताविच झडप हुँदै दुवै तर्फ समान्य घाईते भएको प्रहरीले जनाएको छ । क्यारिङ्गकर्ताले प्रहरीले ज्यादती गरेको भन्दै प्रहरीविट समेत भत्काईदिएका छन ।
कञ्चनपुर प्रहरीका प्रवक्ता प्रकास डाँगीले समान बरामद गरेपछि झडप भएको बताए । उनका अनुसार प्रहरी जवान रमा खत्री सहितका चार प्रहरी घाईते भएका छन । विट भत्काउन संलग्न भएको भन्दै प्रहरीले तारा जोशी, महेश्वरी लाबड, बसन्ती सुनार, सरस्वती राना, कैसला शाह, लाकेन्द्र सुनारलाई पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई रिहाईको स्थानीयले माग अघि सारेका छन ।
भारतबाट ल्याउने समानको गड्डाचौकी भन्सारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको चेकिङ्गपछि महेन्द्रनगर तर्फ समान ल्याउने समानमा सुकासालमा रहेको अस्थायी प्रहरी चौकीका प्रहरीले अनावश्यक दुख दिन थालेपछि केही क्यारिङ्गकर्ता र स्थानीय प्रहरी बिरुद्धमा खनिएका छन । स्थानीयले प्रहरीले घरयासी समानमा समेत अति दुख दिएको भन्दै अस्थायी प्रहरी विट नै भत्काईदिएका थिए । यसैविच उक्त घटनाको रिर्पोटिङ्ग गर्न सुकासाल पुगेकी एक स्थानीय महिला पत्रकारमाथि समेत प्रहरीले धरकपट गरेर पक्राउ गरेको थियो । रिर्पोटिङ्गका लागि घटना स्थल पुगेकी पत्रकार ऐश्वर्या कुवरलाई कुटपिट गर्नुका साथै अनाहकमा पक्राउ गरेको छ ।
तस्कर समुहसंग प्रहरीको लफडा भएपछि तस्कर समुहको कुटपिटबाट एक महिला पत्रकार घाईते भएकी थिईन । घाईते महिला प्रहरीको नाम केहो ? भनेर त्यहाँ खटिएका प्रहरीसंग सोध्ने क्रममा प्रहरीले बढी बोल्छिस भन्दै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याएको थियो । महेन्द्रनगरबाट प्रकासित हुने आभासकुण्ज दैनिककी पत्रकार कुँवरले घाईतेको नाम सोध्ने क्रममा प्रहरीले धरकपट गरेको बताईन ।
‘म घटना स्थलमै रिर्पोटिङ्गमा थिए, ‘एक महिला प्रहरी पनि घाईते भईन, ‘मैले ति महिला प्रहरीको नाम सोधे केही बेरदेखि भिडियो र फोटो खिचिरहेकोले प्रहरीलाई सैर्य नभएर मलाई पक्राउ नै गरेर ल्यायो ।’ पत्रकार कुँवरले आफुलाई महिला प्रहरी निरीक्षक बिनु शाहीले नै कुटपिट गरेको र लात्ताले हानेको बताईन ।‘एक महिला प्रहरी अधिकृत भएर महिला पत्रकारमाथि कुटपिट मात्रै होईन तात्ताले हानेर ल्याईन ।’
प्रहरीले मानव अधिकार, महिला सम्वेदनशिलताको धज्जी उठाउँदै प्रेस स्वतन्त्रताको हनन् हुने गरी घटना स्थलबाट महिला पत्रकारमाथि धरकपट गर्दै पक्राउ गरेको घटनाको सर्वत्र प्रेस जगतले भत्र्सना जाहेर गरेका छन । सुकासाल अस्थायी प्रहरी विट भन्दा भन्सार गड्डाचौकीमै प्रहरीकै ईप्रका छ । त्यहाँबाट करिब दुई÷अढाई किलोमिटर अस्थायी प्रहरीविटमा तस्कर समुहविच लफडा लाईनकै कारण वा साच्चिकै तस्करी रोक्न भएको बारे चर्चा चलेको छ । सीमा क्षेत्र भन्सारमा सशस्त्र प्रहरी, त्यही नेपाल प्रहरी र भन्सार छ । तर, तस्करले कसरी समान ल्याईरहेको छ, भन्दै जनता समेत आश्र्चकित भएका छन ।
कञ्चनपुर प्रहरी प्रवक्ता प्रकास डाँगीले अहिले पक्राउ परेका पत्रकारलाई बुझेर लैजानुहोस, भोली छलफल गरौँला भनेपछि घटना बारेमा बुझ्ने बताए । पत्रकार महासंघ कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थी नेतृत्वमा पत्रकार टोली जिप्रपका पुगेपछि प्रहरीले पत्रकार कुँवरलाई हिरासतमा राखेन् । यसरी घटना स्थलमा रिर्पोटिङमा गएका पत्रकारमाथि प्रहरीले गर्ने दुव्र्यवहार, दादागिरीशैली र पदको घमण्डले प्रहरी नागरिकमाथि दमनमा केन्द्रीत भएको आशका गरिएको छ । प्रहरी र तस्करविचको लफडामा स्थानीयले प्रहरी विट नै भत्काईदिएका थिए । उक्त घटना बारे प्रहरीले संचारकर्मीलाई समेत के भएको बारे जानकारी माग्दा समेत जानकारी नदिएपछि प्रहरीको भूमिका झन संकास्पद बन्दै गएको छ । तस्करबाट प्रहरीले अनाधिकृत लाभ लिने पहिल्यैदेखिको संस्कारका कारण जहिल्यै पनि प्रहरी र तस्करविच लफडा, विवाद एव ठुल ठुला घटना हुने गरेका छन । पत्रकार पक्राउ गरेको प्रकरणमा कञ्चनपुर प्रहरी मौन रहेको छ । प्रेस संघ संगठनले घटनाको भत्र्सना जाहेर गरेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी