२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
मंगलबार २ जेठमा गड्डाचौकी भन्सारदेखि झण्डै २ किलोमिटर पुर्व सुकासालमा नेपाल प्रहरी र क्यारिङ्गकर्ताविच झडप भयो । क्यारिङ्गकर्ताले भन्सार काटेको समान प्रहरीले किन ? रोकेर जाँचपास तोल्न लागेको भनेपछि उत्पन्न विवाद झडपमा परिणत भएको थियो । उक्त विवाद प्रहरीको विट तोडफोडदेखि समाचार संकलनमा घटना स्थल पुगेका पत्रकारमाथि प्रहरीले फोटो खिचेको र भिडियो बनाएको निहुँ बनाएर पक्राउ नै ग¥यो । यो घटनामा प्रहरी चौतर्फि रुपमा बदमानित र आलोचित भएको छ ।
पत्रकार महासंघ जिल्लादेखि केन्द्रले प्रेस विज्ञप्ती नै जारी गरेर सार्वजनिक महत्वको विषयमा प्रहरीबाट पत्रकारमाथि भएको ज्यादतीको भत्र्सना गर्दै आदेश दिने कञ्चनपुरका प्रहरी प्रमुख कमल थापा, प्रहरी निरीक्षकद्वय बिनु शाही र सिताराम विष्ट माथि कार्बाहीको माग अघि सारिएको छ । गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरका प्रमुख धुव्र विश्वकर्माले भन्सार ऐन अनुरुप भन्सारबाट जाँचपास भएका समान हेर्ने अधिकार भन्सार र राजस्व अनुसन्धान विभागलाई मात्रै भएको बताए ।
भन्सार प्रमुख विश्वकर्माले भन्सारबाट गएका समान विच बाटैबाट समात्नुपर्ने अवस्था किन नेपाल प्रहरीलाई आईलाग्यो ? यस बारेमा प्रहरी प्रमुख सहितका निकायसंग छलफल गर्ने बताए ।
भन्सारले छाडेको भन्दै भन्सार र सशस्त्र प्रहरी बिरुद्धमा अफबाह फैलाउन खोजिएको आशय व्यक्त गरेका छन । भन्सार प्रमुख विश्वकर्माले भन्सार ऐन दफा ३३ भन्सारबाट जाँचपास भएका समान सम्बन्धीत निकायले हेर्ने हो, जोख्ने हो, यदी कसैले सुुराकी दिए सम्बन्धीत अधिकारीको उपस्थितिमा मात्रै यो काम गर्न पाईने अन्यथा कसैलाई पनि गर्न नपाईने बताए । जिल्ला राजस्व समिति सहितका सरोकारवालासंग बसेर राजस्व चुहावट रोकिने उनले बताए । भन्सार काटेर आएमा समान प्रहरीले रोक्दै बरामद गर्दै आएको बारे कञ्चनपुर प्रहरीका प्रवक्ता प्रकास डाँगीसंग प्रतिकृया लिन खोज्दा उनले यस्ता विषयमा आफुलाई थाहा नभएको र एसपी सापलाई सोध्न टार्दै प्रतिकृया दिन मानेनन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी