२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर:
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्मा विस्तारका क्रममा सबै मन्त्रीहरू साविक सेती अञ्चलबाट नियुक्त हुने देखिएका छन् ।
मन्त्रिपरिषद् विस्तारमा भौगोलिक सन्तुलन मिलाउनुपर्ने भए पनि सत्तारुढ दलहरूले सेतीबाटै मन्त्रीहरू छानेका छन् ।
मन्त्रिपरिषद्मा हाल मुख्यमन्त्री कैलालीबाट, भौतिक पूर्वाधार मन्त्री कैलालीबाट र आर्थिक मामिला मन्त्री बाजुराबाट बनेका छन् ।
अब मन्त्री नियुक्त हुने गरी चर्चामा रहेका नामहरू उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री कैलालीबाट, सामाजिक विकास मन्त्री अछामबाट, आन्तरिक मामिला मन्त्री बझाङबाट र नागरिक उन्मुक्ति पार्टीको हिस्सामा पर्ने मन्त्रालयमा कैलालीबाट मन्त्री नियुक्त हुने भएका छन् ।
हाल नेपाली कांग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी सत्तारुढ दल हुन् । सत्तारुढ दलले भौगोलिक सन्तुलन नमिलाउँदा मन्त्रिपरिषद् साविक सेती अञ्चलमै सीमित हुने भएको छ । सत्तारुढ दलभित्र साविक महाकाली अञ्चलबाट प्रतिनिधित्व गर्ने नेताहरू हेरेको हेर्यै हुने अवस्था आएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी