२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
रिर्पोटिङ्गका क्रममा पत्रकारद्वय राजेन्द्र नाथ र ऐश्वर्या कुवरमाथि प्रहरीले गरेको दुव्र्यवहारको चौतर्फ भत्र्सना भईरहेका बेला कञ्चनपुर प्रहरी थप विवादमा मुछिदैछ ।
२ जेठ साँझ सुकासालमा प्रहरी र क्यारिङ्गकर्ताविच भएको झडप घटनाको समाचार संकलनका क्रममा पत्रकार नाथ र कुँवरलाई हतकडी लगाएर प्रहरी पक्राउ गरेको विषयमा चौतर्फि रुपमा नागरिकले अभिव्यक्ति दिईरहेका बेला कञ्चनपुर प्रहरी प्रतिशोध साँधिरहेको छ ।
प्रहरीका गैर कानुनी कामकाजमा प्रशन गर्दा यतिबेला एसपी कमल थापा नेतृत्वको कञ्चनपुर प्रहरीले नागरिकको अभिव्यक्तिलाई प्रतिशोधकै रुपमा साँधिरहेको पाईएको छ ।
भीमदत्त नगरपालिका १८ कञ्चनपुरका स्थानीय युवा प्रशान्त भट्टले सुकासाल घटनामा पत्रकारमाथि प्रहरीले गरेको दुव्र्यवहारजन्य अपमान कार्यको बिरोध गर्दै संलग्न प्रहरीमाथि छानबिन गरेर कार्बाहीको माग राखेर समाजिक सञ्जालमा शिष्टतापुर्वक अभिव्यक्ति प्रकट गरेका थिए ।
प्रहरीमाथि यस्तो बोल्ने भन्दै संकटकालिनशैलीमा प्रहरीले प्रशान्त भट्टलाई समाजिक सञ्जालबाट अनफ्रेण्ड गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको आधिकारिक फेसबुक सञ्जालमा साथी रहेका प्रशान्त भट्टलाई प्रहरी बिरुद्धमा धारणा राखेको भन्दै हटाएको हो । प्रशान्त भट्टले सुकासाल घटना बारे निष्पक्ष छानबिन गरि दोषी माथि कार्बाही हुनुपर्छ भन्ने विचार व्यक्त गर्दा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आफुलाई फेसबुक साथीमा ब्लक गरेको जनाएका छन । यसरी कञ्चनपुर प्रहरीले आफ्नो कमिकमजोरीलाई नागरिकले मार्ग निर्देशका विषय धारणा राख्दा प्रतिशोध साँध्दै जाने कार्यबाट प्रहरी वास्तविक प्रहरीको भूमिका भन्दा बाहिर गएर नागरिकको अभिव्यक्ति स्वतन्त्रता बिरुद्धमा उत्रिएको नागरिकको धारणा छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी