२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को चार दिने भारत भ्रमणका बेला जल विद्युत सहित क्रस बोर्डर डिजिटल मुद्रा भुक्तानी लगायतका विषयमा सहमती भएको छ । यसका साथै विकासबाट उपेक्षित गरिएको सुदूरपश्चिमको दिगो विकास र सम्बृद्धिसंग जोडिएका चार योजनामा समेत सहमती भएको हो । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार दुई देशकै प्रधानमन्त्रीद्वय प्रचण्ड र नरेन्द्र मोदीविच सुदूरपश्चिको विकास र जनताको दीर्घकालिन भविष्यसँग जोडिएका महत्वपूर्ण सम्झौता, सहमति र समझदारी भएका छन ।
कञ्चनपुरको दोधाराचाँदनीमा बन्ने सुख्खा बन्दरगाह भारतले बनाईदिने, महाकाली नदीमाथी शिर्स पर्शुराम धाम पूर्णागिरी माई तथा झुलाघाटमा भारत सरकारको अनुदान सहयोगमा पक्की पूल निर्माण गरिदिने, टनकपुर ब्यारेजबाट लिङ्क क्यानलमार्फत चरणबद्ध रुपमा नेपाललाई सिँचाइको लागि पानी उपलब्ध गराउने सहमति, दोधारा–चाँदनीमा एकीकृत जाँचचौकी तथा सुक्खा बन्दरगाहको निर्माण सम्बन्धमा समझदारी, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको शिघ्र कार्यान्वयनका लागि तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई अन्तिम रूप दिने गरी द्विपक्षीय छलफललाई तीव्रता दिने सहमति र भारत सरकारको अनुदान सहयोगमा रामायण सर्किट अन्तर्गतका परियोजना, सुदुरपश्चिममा नेपाल प्राविधिक संस्था कैलाली र चितवनमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको निर्माण कार्य अघी बढाउने बारेमा छलफल भएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण र भारत भ्रमणका क्रममा गरिएको सहमतीले सुदूरको विकासले गति लिने अपेक्षा गरिएको छ । सुदूरका नागरिक एव उद्योगी व्यवसायीले सम्झौता गरिएका विषय यथाशिघ्र कार्यान्वयनमा जोडदिएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी