२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर। बझाङमा सुदुरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटनामा परेको छ।
सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटना हुँदा मन्त्री पृथ्वी बहादुर सिंहसहित ४ जना घाइते भएको प्रहरीले जनाएको छ।डडेल्धुराबाट चैनपुर जाने क्रममा आज दिउँसो १:४५ बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा गाडी दुर्घटना भएको हो।
गाडी सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको छ । दुर्घटनामा मन्त्री सिंहसहित ४ जना घाइते भएका छन् ।
मन्त्री सिंहको खुट्टा र अनुहारमा चोट लागेको छ। उनको देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ । मन्त्रीको स्कर्टिङमा रहेको प्रनानी सुशील चन्द ठकुरी लगायतको ५ जनाको टाेलीले उद्दार गरेको थियो। घटनाबारे थप विवरण आउन बाँकी छ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी