२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर:
लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज महेन्द्रनगरमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । मुल आयोजक समिति जिल्ला प्रशासन कार्यालय संयोजनमा आज महेन्द्रनगरमा लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध परिसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
हरेक जुन २६ मा मनाईने लागु औषध दुरुपयोग तथा ओसारपोसार बिरुद्ध अन्र्तराष्ट्रिय दिवस कञ्चनपुर महेन्द्रनगर सहितका स्थानमा विविध कार्यक्रम मनाईएको छ ।सरकारीदेखि गैर सरकारी निकायले विवित जनचेतनामुलक कार्यक्रम गरेर दिवस मनाईएको हो । प्रशासन, प्रहरी, सशस्त्र प्रहरी,गैसस महासंघ सहितका विभिन्न संघ संस्थाहरुले एकसाथ १० स्थानबाट विवित जनचेतनामुलक कार्यक्रम गरेर दिवस मनाईएको छ ।
कञ्चनपुर प्रहरी प्रमुख कमल थापा, अधिकारकर्मी भगवती थापा, धुव्रमान निषेधका अभियन्ता मदन चन्द, गैससका अध्यक्ष लक्षर््मी बोहरा, सहितका विभिन्न निकायका प्रमुख एव प्रतिनिधीले लागु औषध नियन्त्रणमा विषयमा सचेतना गराएका थिए ।
अधिवक्ता समेत रहेका महिला अगुवा कौसल्या ओझा(किरण)ले लागु औषध नियन्त्रणका लागि कानुन कार्यान्वयनेदेखि समाजिक सचेतना आवश्यक रहेको बताईन । कार्यक्रममा सुरक्षाकर्मी,अधिकारकर्मी, अधिवक्ता, विद्यार्थी सहित समाजिक अगुवाको सहभागिता रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी