महेन्द्रनगर । कैलालीको धनगढीस्थित ग्यालेक्सी हायर सेकेन्ड्री स्कुलकी नितु बिष्टले एसईईमा ४ जिपिए ल्याएकी छिन् । नर्सरीदेखि ग्यालेक्सी पढेकी उनको सबै विषयमा ए प्लस ग्रेड आएको छ ।
भविष्यमा चिकित्सक बन्ने लक्ष्य लिएकी नितुले ग्यालेक्सी स्कुलमै कक्षा ११ र १२ अध्ययन गर्ने बताएकी छन्। नितुले ४ जिपिए ल्याउँदा एसइई दिने ६१ जनाको पनि राम्रो ग्रेड आएको विद्यालयले जनाएको छ ।
विद्या उपाध्याय र कृश भट्टले ३ दशमलव ८५ जिपिए, बिपिन बोगटीले ३ दशमलव ८० जिपिए र रिवाज ओझाले ३ दशमलव ६५ जिपिए हासिल गरेको विद्यालयले जनाएको छ ।
ग्यालेक्सीका १४ जनाले ३.२ देखि ३.५९ जिपिए, २२ जनाले २.८ देखि ३.१९ जिपिए, १६ जनाले २.४ देखि २.७९ जिपिए र चार जनाले २ देखि २.३९ जिपिए हासिल गरेका छन् ।