२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
कञ्चनपुरको भीमदत्त नगरका मेयर पदम बोगटीका प्रेस सल्लाहकार चक्र महताको रबैयाले जिल्लाका युवा सकृय पत्रकार भूपी उपाध्याय पीडित भएका छन ।
भीमदत्त नगरका मेयर बोगटीका प्रेस सल्लाहकार महता मदिरामा लठठ् भएर पत्रकार उपाध्यायमाथि दुव्र्यवहार गरेका छन ।
२५ असार राती १० बजेतिर भीमदत्त नगरका मेयर बोगटी चढने म१झ१०८ नम्बरको गाडी दुरुपयोग भएको सवारी साधनको फोटो खिच्ने क्रममा पश्चिम डटकम आजका पत्रकार उपाध्यायमाथि दुव्र्यवहार गरेका छन । जबकी अहिले मेयरका प्रेस सल्लाहकार रहेका पत्रकार महता उतिबेला सुशासनका कुरा गर्दै आएका थिए, आफै प्रेस सल्लाहकार हुँदा पत्रकारको समाजिक सुरक्षा, सदभावको साटो जंगी शासनशैलीमा पत्रकार माथि नै खनिएका छन । पत्रकार उपाध्यायले मेयर बोगटीका प्रेस सल्लाहकार महताले फोटो किन ? खिचेको फोटो खिचिस तैले भन्दै मोवाईल खोसेर फोटो र भिडियो डिटिलदेखि मोबाईल नै बिगारीदिएको बताए । यसरी कञ्चनपुरका पालिका प्रमुख, उपप्रमुखका प्रेस सल्लाहकार एव पिए पत्रकार नै भएका पालिकामा पत्रकार नै बढि पीडित भईरहेको भन्दै उनले दुखेसो पोखे ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी