२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
प्रेस सेन्टर नेपालले युवा सकृय पत्रकार भुपी उपाध्यायमाथि भीमदत्त नगरका मेयर पदम बोगटीको सचिवालयका कर्मचारीद्वारा गरिएको घटनाको छानबिनको माग अघि सारेको छ ।
प्रेस सेन्टर कञ्चनपुरले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै युवा सकृय पत्रकार उपाध्यायमाथि भीमदत्त नगरका मेयर पदम बोगटीको सचिवालयका कर्मचारीद्वारा गरिएको घटनाको छानबिनको माग अघि सारेको हो ।
नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरले २५ असार राती १० बजेतिर समाचार संकलनका लागि भाँसी क्षेत्र एक होटलमा खटिएका पत्रकार उपाध्यायमाथि मेयर बोगटी सचिवालका कर्मचारीले दुव्र्यवहार गरेको घटनाको भत्र्सना जाहेर गरेको छ ।
२५ असार राती १० बजेतिर भीमदत्त नगरका मेयर बोगटी चढने म१झ१०८ नम्बरको गाडी दुरुपयोग भएको सवारी साधनको फोटो खिच्ने क्रममा पश्चिम डटकम आजका पत्रकार उपाध्यायमाथि पत्रकार समेत रहेका उपाध्यायमाथि दुव्र्यवहार भएकोप्रति दुख व्यक्त गरिएको छ । मेयर बोगटीका प्रेस सल्लाहकार चक्र महताले मोबाईल खोसेर भिडियो डिलिट गरेको भन्दै पत्रकार उपाध्यायले पत्रकार महासंघ सहितका प्रेस संघ संगठनमा जानकारी गराएका थिए । यस अघि एमाले निकट प्रेस चौतारी, पत्रकार महासंघ कञ्चनपुरले विज्ञप्ती जारी गर्दै घटनाको बिरोध जनाएका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी