२०८१ मंसिर ८, शनिबार
दोधारा । राप्रपाका केन्द्रिय प्रबक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले कुतियाकवर बस्तीमा महाकाली नदी र जगबुडा नदीले दिदै आएको पिडाको आवाज आफुले सदनमा उठाउने बताएका छन् । आज र राप्रपाका नेता तथा कार्यकर्ताको टोली तथा जनप्रतिनिधी सहित दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा पुगेका राप्रपाका केन्द्रिय प्रबक्ता तथा सांसद ज्ञानेन्द्र शाही लगाएत राप्रपाका केन्द्रिय प्रबक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले कुतियाकवर बस्तीलाई दिनदिनै महाकाली नदी र जगबुडा नदीले कटानी गरेको अवस्था निकै बिकराल रहेको बताउदै नदी कटान र बाढीको समस्याको बारेमा आफुले सदनमा बुलन्द तवरले आवाज उठाने बताएका छन् । नदी तथा बाढीको सम्बन्धीत कार्यालयमा पुगेर आफुले पहल गर्ने समेत प्रतिबद्धता जाहेर गरेका छन् ।् सांसद शाहीले स्थानियहरु संग भेटघाट गरि उनिहरुको अवस्थाको बारेमा जानकारी समेत लिएका छन् । स्थानियहरुले सांसद शाहीलाई आफुहरुले भोग्दै आएको बाढी र सिमाको समस्याको बारेमा जानकारी गराएका छन् । सांसद शाहीले आफु काठमाण्डौं पुगेर कुतियाकवरको तटबन्ध निमार्ण संगै सिमा क्षेत्रको समस्याको बारेमा आफुले सक्ने जती पहल थाल्ने बताएका छन् । महाकाली नदीमा पानीको बहाव तिब्र भएर खड्के सुनार, कर बहादुर सुनार, धन बहादुर सुनार, नैन सिंह सुनार, ऐन बहादुर सुनार, भिम बहादुर खत्री, लिला देबी खत्री, जितु खत्री, कले खत्री गरि झण्डै २ बिघाह खेती योग्य जग्गा कटानी गर्दै आएको छ् । नदीको कारण बस्तीनै जोखिममा रहेको छ् । महाकाली नदी जगबुडा नदीले बिगत लामो समय देखि गर्दै आएको कटानीको अवस्था बुझ्न राप्रपाका केन्द्रिय प्रबक्ता तथा सांसद ज्ञानेन्द्र शाही सहितको टोली आएको दोधारा चाँदनी नगरपालिकाको बाढीीग्रस्त बस्तीमा पुग्न कार्यक्रम अनुसार कुतियाकवर बस्तीमा आएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले जानकारी दिएका छन् । अनुगमनमा राप्रपाका केन्द्रिय प्रबक्ता तथा सांसद ज्ञानेन्द्र शाही, दोधारा चाँदनी नगरपालिका उपमेयर गंगा देबी जोशी, दोधारा चॉदनीका वडाध्यक्ष केशव खत्री, बिक्रम चन्द, चन्द्र बहादुर सिंह लगाएत स्थानिय तथा सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको थियो । यस्तै दोधारा चाँदनी नगरपालिका– ८ सुन्दरनगरमा बिगत लामो समय देखि बिबादमा रहेको नेपाल–भारत सिमा क्षेत्रमा रहेको जग्गा बिबादको बारेमा राप्रपाका केन्द्रिय प्रबक्ता तथा सांसद ज्ञानेन्द्र शाही लगाएत टोलीले स्थलगत अनुगमन समेत गरेको छ् । नेपाली लालपुर्जा भएको जग्गालाई भारतिय पक्षले आफ्नो जग्गा भएको दाबी गर्दै आएको क्षेत्रमा समेत टोली पुगेर अवस्थाको बारेमा जानकारी लिएका छन् । सुन्दरनगरका स्थानियहरुले लालपुर्जा भएको जग्गालाई भारतियहरुले खेती लगाउने समयमा बिबाद गरि खेतजोत्न समेत रोक लगाउदै आएको राप्रपाका केन्द्रिय प्रबक्ता तथा सांसद ज्ञानेन्द्र शाहीलाई जानकारी गराएका छन् । जग्गा बिबादलाई केन्द्रीय तहबाट समस्या हल गरिदिन सुन्दरनगरबासीहरुले माँग राखेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी