२०८१ मंसिर ८, शनिबार
महाकाली नदी र जगबुडा नदीले क्षति पुर्याएका क्षेत्रमा दीर्घकालीन सुरक्षा उपाय नअपनाउदा कुतियाकवर लगाएत आसपासका बस्तीमा बर्सेनि दर्जनौं बिघा खेतीयोग्य जमिन कटान भईरहेको छ । दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्ती, अठार नम्वर पिल्लर बस्तीमा महाकाली नदी र जगबुडा नदीले अखझै पनि क्षति पुर्याएको छ् भने उर्वरक जग्गा कटानी गर्न थाले संग स्थानियहरुमा चिन्ता बढेर गएको छ् । बस्तीलाई जोगाउन तटबन्ध निमार्ण कार्यमा छुट्याएको रकम पनि ठेकेदार र उपभोक्ता समितिले काम गर्न नसक्दा यस वर्ष पनि कटानी र बाढीको पिडा स्थानियहरुले व्यहोर्नु पर्ने भएको छ् । अहिले कुतियाकवर बस्तीमा दोधारा चाँदनी नगरपालिका कार्यालय लगाएत बिभिन्न गैरसरकारी संस्थाहरुको सहयोग र सहकार्यमा अस्थायी तटबन्ध निमार्ण कार्य भईरहेको छ् । महाकाली नदी र जगबुडा नदीमा बाढी आउने बित्तिकै निमार्ण भईरहेको अस्थायी तटबन्धको कुनै सार देखिन्न् । बनाएको अस्थायी तटबन्ध नदीको भेलमा बगाएर लग्ने पक्का पक्की छ् । अस्थायी तटबन्धले अहिलेलाई केही हद सम्म भने कटान जोगाउनमा काम गर्ने छ् । कुतियाकवरबासीहरुले बिगत लामो समय देखि बस्ती जोगाउन पक्की तटबन्धको माँग राख्दै आएका हुन् । अहिले आएर बस्तीनै उच्च जोखिममा छ् । वर्षेनी अस्थायी तटबन्ध निमार्ण गरेर सरकारले टालटुले काम गरिरहेको छ् । नदीले कटानी गरेको बेला कट्टामा माटो भएर अस्थायी तटबन्ध निमार्ण गर्ने, बाढी आएको बेला उद्धारमा खटिने र राहत बितरण गर्ने कार्यमा सरकार लाग्दै आएको छ् । अहिले आएर नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लगाएत बिपद्मा कार्य गर्ने बिभिन्न संघ–संस्थाहरुको पहलमा उद्धार, पुर्व तयारी तथा राहतमा प्रभावकारी कार्य भएको हो । महाकाली नदी र जगबुडा नदीले बर्सेनि खेतीयोग्य जमिन कटान गर्नुको साथै भौतिक तथा मानवीय क्षति समेत गर्ने गरेको छ् । कुतियाकवर बस्ती नजिक एक साता देखि महाकाली नदीले जग्गा कटानी गर्दै आएको छ् । नदी कटानी गरेर बस्ती नजिक सोझिन थाले संगै स्थानिय सरकार देखि प्रदेश र संघिय सरकारका प्रतिनिधीले समेत कटान क्षेत्रको अनुगमन गरेका छन् । कुतियाकवर बस्तीलाई जोगाउन दीर्घकालीन रुपमा तटबन्धको पहल थालिने उनिहरुले बताएका छन् । महाकाली नदीले धार परिवर्तन गरेसंगै अबका दिनहरुमा महाकाली नदीमा थोरै भएपनि बाढी आएपछि कुतियाकवर बस्तीमा ठुलो क्षती हुने पक्का पक्की छ् । बिगतको बाढीको बेला प्रधानमन्त्री लगाएत नेता तथा बिभिन्न संघ संस्थाहरुले कुतियाकवर तथा बाढी ग्रस्त क्षेत्रको अनुगमन गरिसकेका छन् । स्थानिय र संघिय तथा प्रदेश निर्वाचनका बाढीको समस्या हल गर्न चुनावी एजेण्डानै बन्यो । तर कुतियाकवर बस्तीलाई बाढीको पिडाबाट कसरी जोगाउने भन्ने बिषयमा सानो भएपनि काम भएको देखिएन् । बाढी आएको बेला उद्धार र त्यसपछि दिईने राहत बितरण गर्ने काम मात्रै हुदै आएको स्थानिय बाढी पिडितहरु बताउदै आएका छन् । देशमा राजतन्त्रको अन्त्य हुदै, लोकतन्त्र गणतन्त्र पछि स्थानिय तथा प्रदेश र प्रतिनिधी निर्वाचन पनि कुतियाकवर तथा आसपासको बस्तीमा भने अझै खुसियाली आएको छैन् । मनसुन सुरु भए संग बस्तीको स्थानियहरुको निदहराम भएको छ् । कती बेला बस्तीमा पानी पस्ने हो भन्ने त्रास उनीहरुमा छ् । बर्षेनी नदीको सतह र आकार बढ्दै जाने र धार परिवर्तन गरी बस्ती तिर सोझिन थालेपछि आगामी दिनहरुमा कुतियाकवर बस्ती बिस्तापित हुने पक्का पक्की भएको छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी