२०८१ मंसिर ८, शनिबार
दोधारा । दोधारा चाँदनी उत्थानशील युवा सञ्जालले जोगबुडा नदीले कटान गरी रहेको अठार नम्बर पिल्लर बस्ती क्षेत्रमा कटान नियन्त्रण तथा रोकथाम गर्नका लागी अस्थायी तटबन्ध निर्माण गरी अन्तराष्ट्रिय युवा दिवस मनाउने तयारी गरेको छ् । अन्तराष्ट्रिय युवा दिवस प्रत्येक वर्ष अगस्त १२ का दिन मनाउने गरिन्छ् । संयुक्त राष्ट्र संघले यस वर्षको मूल नारा ‘दिगो विकासको लक्ष्य प्राप्तीमा युवा को साथ, नवप्रवर्तन र उद्धमशीलतामा हरित सीप विकास’ तय गरेको छ् । युवाहरुमा सामाजिक कार्यहरु प्रति उत्तरदायी बनाउनका साथै विपद् को समयमा स्वयंसेवक रुपमा सहयोग पुर्याउने उद्देश्यले दोधारा चाँदनी नगरपालीकाले गत वर्ष सार्वजनिक सूचना जारी गरी उत्थानशील युवा सञ्जाल गठन गरेको हो । स्वयंसेवक रुपमा कार्य गर्न नगरपालिकामा निवेदन दिएका झण्डै एक सय जना युवाहरुलाई समेटेर उत्थानशील युवा सञ्जाल गठन गरिएको छ् । युवा सञ्जालले नगरपालिकाको विपद् व्यवस्थापन शाखा संगको समन्वय, सहकार्य गर्दै आईरहेको छ् । उत्थानशील युवा सञ्जालले अन्तराष्ट्रिय युवा दिवस रचनात्मक कार्य गरेर मनाउने उद्देश्यले दोधारा चाँदनी नगरपालिकाको अठार नम्वर पिल्लर बस्तीमा बाँसको तटबन्ध निर्माण गर्ने तयारी गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको विपद् व्यवस्थापन शाखाको समन्वयमा उक्त तटबन्ध निर्माण गर्नका लागि आवश्यक पर्ने बाँसहरु संसारी मध्यवर्ती बनले एक सय तिस थान निशुल्क रुपमा उपलब्ध गराएको हो भने अन्य आवश्यक सामग्रीहरु र ढुवानी लगाएतका कार्यहरुका लागी डिसिए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले तथा अठार नम्वर पिल्लर बस्ती सामुदायिक विपद् व्यवस्थापन समिति मार्फत सहयोग गरेको छ् । यही आउदो २७ गते अथाृत शनिवारका दिन अन्तराष्ट्रिय युवा दिवस मनाउनको लागि सम्पूर्ण तयारी पुरा भई सकेको उत्थानशील युवा सञ्जाल दोधारा चाँदनीले जनाएको छ् । यसका साथै उक्त कार्यक्रममा सहभागी हुन समेत नगरपालिकामा रहेका सम्पूर्ण युवाहरुलाई सञ्जालले अनुरोध गरिएको छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी