२०८१ मंसिर ७, शुक्रबार
कञ्चनपुरमा हुलाकी सडक निर्माण कार्य रोकिएको छ । दैजी बेलडाँडी सडकखण्ड अन्र्तरगत विच जंगलमा कालोपत्रे पु¥याएर ठेकेदार कम्पनीले सडक निर्माण कार्य अलपत्र छाडेको छ । दैजी बेलडाँडी सडकखण्ड अन्र्तरगतको सडक निर्माण कार्य ढिलासुस्ती गरेको छ । हुलाकी सडकल अन्र्तरगत उक्त सडकको विच जंगलमा रहेको एक पुल समेत जिर्णोत्तर भएको छ । सो पुल भत्किए हुलाकी सडक निर्माण भएपनि त्यसले सार्थकता नपाउने देखिन्छ ।
सम्झौता अवधि भित्रै राजमार्ग निर्माणको जिम्मा पाएका दुवै कम्पनीले काम गर्न सकेका छैनन् । पहिलो पटक निर्माण कम्पनी र हुलाकी राजमार्ग आयोजनाविच ३० महिनाभित्रै काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर सम्झौता अनुरुप निर्माण कार्य भएको छैन । बाबाहंससिद्धिकी र शर्माजेभी निर्माण कम्पनीले कालोपत्रेको काम गर्न सकेका छैनन् । शर्मा जेभी निर्माण कम्पनी परशुराम नगरपालिका मेयर एव काँग्रेस नेता भीम बहादुर साउदको निर्माण कम्पनी हो । तर, आफै मेयर जनप्रतिनिधी भएपनि उनको कम्पनीले निर्माण कार्य ढिलासुस्ती गरेका छन ।
सडक निर्माण नभएका कारण दक्षिणी क्षेत्रका जनताले बषौँदेखि कच्ची सडकमा जोखिमपुर्ण कष्टकर यात्रा गर्न बाध्य भएका छन् । सडक निर्माणमा ढिलासुस्ती हुँदा स्थानीय समेत आक्र्रोसित र चिन्तित भएका छन । बेलौरी नगरपालिका ९ रतनपुरका सुरेन्द्र राज जोशीले सडक धुलाम्यले छेउछाउका बिरुवा, घर सेताम्मे भएका छन । ‘सडक छेउका घटना घुलाम्मे भएका छन, ‘हामीहरुको स्वास्थ्यमा समेत असर परिरहेको छ, ठेकेदार कम्पनीले कहिले काम गर्दछन, कहिले गदैनन ।’
हुलाकी सडक छेउमै घर भएका बेलडाँडी गाँउपालिका १सिद्धचोकका स्थानीय दिनेश ठकुराठीले सरकारको लार्पर्बाहीका कारण ठेकेदार कम्पनीले वेवास्ता गरेका कारण सडक समयमै बन्न नसकेको बताए । ‘सरकारले ठेकेदारलाई ताकेता गरेन, ‘उनले भने, ‘ताकेता नगर्दा ठेकेदारले सडक बनाउन ध्यान दिएन ।’
पूनर्वास नगरपालिका २ मोतिबस्तीका लाल बहादुर नेपालीले हुलाकी सडकमा चरम ढिलासूती भएकै कारण सडक धुलाम्मे हुँदा हिडडुल गर्न समस्या भएको बताए । ‘एक गाडी आउँदा पुरै धुलो उडाएर जान्छ, ‘उनले भने, ‘ठेकेदार कम्पनीले न सडक बनायो न पानी छर्कियो ।’
पुर्वपश्चिम जोड्ने महेन्द्र राजमार्गको वैकल्पिक ‘हुलाकी राजमार्ग कञ्चनपुरमा अधुरै रहेको छ । डोकेबजार–पुर्नवास–बेलौरी–बेलडाँडी हुँदै दैजी महेन्द्रराजमार्ग सम्म जोड्ने हुलाकी राजमार्ग समयमै निर्माण नहुँदा सडक धुलाम्मे भएको छ ।
हुलाकी राजमार्ग आयोजना कार्यालयका सुचना अधिकारी एव ईन्जिनियर पदम मडैले सालाखाला ६८ प्रतिशत काम सम्पन्न भईसकेको बताए । उनका अनुसार बेसदेखि कालोपत्रेको काम भईसकेको छ । हुलाकी राजमार्ग आयोजनाले उक्त सडक ० देखि २० किलोमिटर, २० देखि ४० र ४० देखि ६२ किलोमिटर सडक तीन चरणमा कालोपत्रे गर्ने ठेक्का दिएको थियो । हुलाकी सडक ढिलासुस्तीले जनताले दैनिक सास्ती खेप्नु परेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी