२०८१ मंसिर ८, शनिबार
दोधारा । बिगतका वर्षको भिषण वर्षा संगै महाकाली नदी र जगबुडा नदीमा आएको कल्पनीय बाढीले ठूलो क्षति ब्यहोरेका टेक बहादुर सुनारलाई वर्षा शुरु भए संगै फेरि चिन्ता बढेको थियो । उही पुरानै शैलीमा महाकाली नदी र जगबुडा नदी उर्लिने पो हो कि, भने चिन्ता उनमा थियो । टेक बहादुर सुनार दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीका निवासी हुन् । आकाशमा कालो बादल देख्ना साथ उनलाई त्यही त्रासदीपूर्ण दिनको भयले सताउदै आएको हो । त्यस बाढीले कुतियाकवर बस्तीका ४८ घरधुरीमा ठुलो धनमालको क्षती गरेको हो । क्षण भरमै आएको बाढीले बस्तीका घर सम्पत्तीको नामोनिसानै मेटाइदिएको स्थानीय टेक बहादुर सुनारको चिन्ता आज बस्तीमा आएको महाकाली नदीको भंगालोले थप चिन्तीत बनाएको छ् । महाकाली नदीको जलस्तर अचानक बढेर बस्तीमा नदीको पानी आउन थालेपछि बस्तीमा ठुलो त्रासद्धि मच्चीएको थियो । नैन बहादुर सुनारको घर आंगनमा नदीको पानी पस्न थाले संगै स्थानियहरुले सुरक्षाकर्मी, उद्धारकर्मी तथा जनप्रतिनिधीहरुलाई फोन गरेर गुहार्न थालेका थिए । घर आँगन नजिक नदीको पानी पस्न थालेपछि स्थानियले आफ्नो सरसमानलाई सुरक्षित स्थानमा राख्नमै ब्यस्त देखिए । महाकाली नदीको भंगालो खेतवारीमा पसेर धान, मकै पुरै डुवान गरेको छ् । बस्तीको पुर्व/दक्षिण दिशा तर्फमा रहेको किसानहरुको खेतीयोग्य जग्गा धामधम महाकाली नदीले कटान गरेको छ् । बस्तीमा पानी पसेको खबर पाउन साथ नेपाल प्रहरी, सशस्त्र प्रहरीको उद्धार टोली बस्तीमा पुगेको हो । धान, बेसारवारी तथा मकै खेतमा उद्धार टोलीको किस्ती चलेको देखिन्थ्यो । जल तथा मौसम विज्ञान विभागको बाढी अनुगमन प्रणालीका अनुसार डडेल्धुराको परिगाँउमा पानीको वहाव ६.८४ मिटर मापन गरिएको थियो । सो ठाँउमा जलस्तर ७ मिटर पुगेमा खतराको तह मानिन्छ् भने ५.८ मिटरमैं सतर्कताको तह मानिन्छ् । बिहान समान्य अवस्थामा रहेका कुतियाकवरबासी अपरान्ह हुन लाग्दा बस्तीमा महाकाली नदीको पानी अचानक बस्तीमा पसेको स्थानियबासी माया देबी सुनारले बताए । ‘२०७८ कार्तिकको महिनामा आएको बाढीको झल्को दिएको छ्’ माया देबी सुनारले भने । कुतियाकवर बस्तीमा नदीको पानी पसेर जलमग्न भए संगै माया देबीले आफ्ना नाती, नतिना लिएर सुरक्षित स्थानमा गएका थिए । ‘के गर्ने सरकारलाई पक्की तटबन्ध बनाईदिनु पऱ्यो भने भन्न थालेको दशकौ बित्यो, कसैले सुन्दैन्् । अव यो भन्दा थोरै ठुलो बाढी आए भने सबै बाढीमा डुब्ने त होला नि’ माया देबी सुनारले भने । नदी बस्तीमा छिर्न थाले संग नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा उद्धारकर्मीको टोलीले पुर्णरुपमा सर्तकता अपनाएको थियो । स्थानिय नैन सुनार अनुसार बस्तीको बिच भागबाट महाकाली नदीको भंगालो बस्तीमा पसेको बताएका छन् । नदीको पानी उनको घरमै पुगेको नैन सिंह सुनारको भनाई छ् । पानी आउन थाले संगै आफुहरुले घरमा भएको अतिआवश्यक सामग्री सुरक्षित स्थानमा राख्न थालेको उनको भनाई रहेको छ् । ‘महाकाली नदीको पानी घर आँगनमा आएकोले हामीले घरमा भएको सरसमान सुरक्षित स्थानमा राखेका छौं’ स्थानिय नैन सिंह सुनारले बताए । २०७८ साल कार्तिकमा आएको महाकाली नदीले बनाएको बाटोमा यस पटक पनि नदी बस्तीमा पसेको उनिहरुको भनाई रहेको छ् । नदी नियन्त्रणको लागी भौतिक संरचना नबनेको र नदीलाई व्यवस्थित गर्न नसकिएकाले बिगतका दिनहरु जस्तै यस पटक पनि घटना दोहोरिने हो कि, भन्ने चिन्ता बढेर आएको स्थानियहरु बताउन थालेका छन् । तिनै तहको सरकार नीति क्षेत्र तथा स्थानीय समुदायको प्रभावकारी समन्वय, आवश्यक प्रतिकार्य योजना, समयमै सूचना प्रवाह, स्थानिय समुदायमा भरपर्दाे सूचना र जानकारी तथा आवश्यक पूर्वतयारीका सामग्री र राहत, उद्धार तथा पुन : स्थापनका लागि चाहिने बन्दोवस्तीका सामान बेलैमा जोहो गर्नुपर्नेमा विज्ञहरुले सुझाव दिदै आएपनि आज बस्तीमा पसेको महाकाली नदीको पानीले पुर्व तयारी कमजोर रहेको जानकारहरुको भनाई रहेको छ् । महाकाली नदीले खेतीयोग्य जग्गा कटानी गर्दै बस्तीमा नदीको भंगालो पुग्दा समेत सरकार गम्भिर नहुनु दुखद पक्ष हो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी