२०८१ मंसिर ८, शनिबार
पुनर्वास – प्रेस युनियन कंचनपुरको सातौं अधिवेशनबाट सर्वसम्मत चयन भएका उपाध्यक्ष किशोर तामाङ र सदस्य दिर्घराज ओझालाई सम्मान गरेको छ ।
आईतबार विश्व खोज दैनिकको आई.बी.आर.डी.स्थित कार्यालयमा एक अनौपचारिक कार्यक्रमका बीच उपाध्यक्ष तामाङ र सदस्य ओझालाई दोसल्लाले सम्मान गरेको हो ।
सम्मान गर्दै पत्रीकाका प्रकाशक तथा कार्यकारी सम्पादक हरिलाल जोशीले सदरमुकाम देखि निकै टाढाको दुरीमा रहेको कंचनपुरको दक्षिणी क्षेत्रमा सक्रिय रुपमा पत्रकारिता गर्दै आएका क्रियाशिल श्रमजीवी पत्रकारहरुको हकहितमा प्रेस युनियन सदैब कटिबद्ध भई लाग्नुपर्ने बताए ।
उनले कार्यकालको शुभकामना व्यक्त गर्दै
नेपालका सञ्चारकर्मीहरूलाई संगठित बनाई श्रमजीवीका पक्षमा वकालत गर्दै आएको नेपाल प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था भएको जानकारी दिए ।
त्यस्तै युनियनका उपाध्यक्ष तामाङ र सदस्य ओझाले पत्रकारहरुका मर्म र भावनाको कदर गर्दै श्रमजीवी पत्रकारहरुको पक्षमा प्रेस युनियन सकारात्मक रहने बताए ।
उनीहरूले आफुलाई सम्मान गरेकोमा विश्व खोज दैनिक परिवार प्रति धन्यवादसंगै आभार प्रकट गरेका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी