२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर:
कञ्चनपुरको शुक्लाफांटा नगरपालिकाले श्रीलंकामा जारी एसिया कप २०२३ मा सतक बनाउने र चार बिकेट लिने खेलाडीलाई एक एक लाख दिने घोषणा गरेको छ ।
सोमबार (आज) खेलिने खेल प्रतियाेगितामा नेपाली खेलाडीले ब्याटिङमा एक सय रन बनाउने खेलाडी र बलिङतर्फ चार विकेट लिने खेलाडीलाई शुक्लाफाँटा नगरपालिकाले जनही एक एक लाख पुरूस्कार दिने घाेषणा गरेकाे छ ।
शुक्लाफाँटा नगरपालिकाले साेमबार एक सुचना जारी गर्दै नेपाली खेलाडीकाे हाैसला बृद्वि गर्न शतक बनाउने र चार विकेट लिने खेलाडीलाई एक एक लाख रूपयाँ दिने घाेषणा गरेकाे जनाएको हाे ।
शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराले नेपाली खेलाडीको हौसला वृद्धि गर्न पालिकाले उत्त निर्णय गरिएको बताए । पहिलो पटक एसिया कपमा छनौट भएको नेपाली क्रीकेट टोलिले भारत संग पहिलो पटक अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा खेल्दा खेलाडीलाई प्रोत्साहन होस भनेर निर्णय गरिएको नगर प्रबक्ता लाल बहादुर ऐरले हस्ताक्षर गरेकाे जारी सुचना मार्फत जनाईएकाे छ ।
यस्तै सदरमुकाम महेन्द्रनगरमा रहेको गुरुकुल इन्टरनेसनल स्कूलले ५१ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
स्कूलका संयोजक प्रमोद श्रेष्ठले गुरुकुलले शतक हान्ने खेलाडीलाई ५१ हजार दिने जानकारी दिए ।
उता महेन्द्रनगरको कटान एफ यु चोकमा रहेको हाम्रो मासु पसलले भारत विरुद्ध नेपाल जितेमा आफ्ना सम्पुर्ण ग्राहकलाइ एक दिनका लागि एक केजि कुखुराको मासु निशुल्क दिने घोषणा गरेका छ्न ।
नेपाल विरुद्ध भारत संगको खेल आज दिउसाे ३:१५ बजे देखि श्रीलंकाकाे पालेकेले अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा खेलिने भएको छ ।
Pic:CAN
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी