२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर : अव्यवस्थित बसोबास गर्दै आईरहेका भारतीय मुलका नागरिकहरुलाई मंगलबार गड्डाचौकी नाकाबाट भारत तर्फ पठाईएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आउदै गरेको नेपालीहरुको महान चाँड पर्वहरुमा माग्ने बहाना बनाई चोरी, लुटपाट जस्ता घटना घटाउन सक्ने हुनाले भीमदत्त नगरपालिका २ मा अस्थायी टहरा बनाई बसोबास गर्दै आइरहेका १४ जना भारतीय नागरिकलाई मंगलबार गड्डाचौकी नाकाबाट उनीहरुलाई सम्झाई बुझाई सुरक्षित साथ नेपाल भारतको सिमा क्षेत्र गड्डाचौकी नाकाबाट भारत तर्फ पठाईएको छ ।
यस अघि पनि भारतीय नागरिक विभिन्न बहानामा सुन सफा गर्ने, भाँडा चम्काउने, घर भाडामा बस्ने जस्ता विभिन्न बहना बनाई लुटपाटका घटना घटाएका छन् । उनीहरुको स्थायी बसो बास पनि नहुने र एका स्थान बाट अर्को स्थान तर्फ बसाई सराई गरी रहने हुनाले घटना घटाए पछि उनीहरुलाई पक्राउ गर्न पनि गह्रो अवस्था आउने गर्दछ भने कतिपय यहाँ लुटपाटका घटना घटाई भारत जाने गर्दछन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी