२०८१ मंसिर ७, शुक्रबार
जाजरकोट:
जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परि १२१ जनाको ज्यान गएको पुष्टि भएको छ ।
प्रहरीका अनुसार जाजरकोट र रुकुममा अहिलेसम्म कम्तीमा एक सय २१ जनाले ज्यान गुमाएका छन्।
जाजरकोटको भेरी नगरपालिकामा मात्रै ३५ जनाको मृत्यु भएको छ। नगर क्षेत्रमा रहेका अधिकांश भौतिक संरचनामा क्षति पुगेको छ।
यस्तै, जाजरकोटकै नगलगाड नगरपालिकामा उपप्रमुख सरिता सिंहसहित ५० जना भन्दा बढीले भूकम्पमा परेर ज्यान गुमाएका छन्।
नलगाड नगरपालिकाका ५० जना बढीले ज्यान गुमाए का छ्न । वडा नम्बर १ मा सबैभन्दा बढी मानविय क्षति भएको छ। सो वडामा ३० देखि ३५ जना घाइते भएका छन्।
यस्तै, रुकुमपश्चिमा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ बढी घाइते भएका छन्। पछिल्लो अपडेट अनुसार ३६ जनाको मृत्यु भएको रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले जानकारी दिए ।
प्रहरीका का अनुसार ८५ जना भन्दा बढी घाइते भएका छन् । प्रहरीका अनुसार रुकुम पश्चिमका आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले कारणले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन्।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी