२०८१ मंसिर ६, बिहिबार
काठमाडौँ:
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अघि तीन जना युवाहरूले अर्धनग्न प्रदर्शन गरेका छन् । प्रदर्शन उत्रिएका उनीहरुलाई लगत्तै प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेकपा क्रान्तिकारी माओवादी निकट उनीहरु जाजरकोटका आकाश कार्की र पदम हमाल तथा कञ्चनपुरका दीपेन्द्र ऐरी हुन् । पक्राउ गरिएकालाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि सिंहदरबार प्रहरी वृत्त पठाइएको डीएसपी सन्तोष तामाङले बताए ।
उनीहरुले शरिरमा स्टप मर्डर, सेभ नेसन, नो एमसीसी, नो एनसेल लेखेको पर्चा टाँसेका थिए । कपडा खोेलेर उनीहरुले उक्त पर्चा देखाउँदै सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले सिंहदरबार छिर्नलाई गृहमन्त्रालयबाट पास मगाएको खुलेको छ । कसले पास उपलब्ध गरायो भन्ने खुल्न बाँकी छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी