२०८१ मंसिर ८, शनिबार
काठमाडौं:
(राखेप) द्धारा आयोजित प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको पुरुष डबल्स ब्याडमिन्टनमा सुदूरपश्चिम विश्वविद्यालयले प्रथम स्थान हात पारेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको पुरुष डबल्समा सुदूरपश्चिमका प्रकाश विष्ट र पुस्करराज भट्टले पहिलो स्थान हात पारेका हुन् । त्यस्तै,पुरुष सिंगल्समा बिष्टले तृतिय स्थान हात पारेका छन् ।
दुईदिने प्रतियोगितामा १० विश्वविद्यालयको सहभागिता रहेको थियो । राखेपको आयोजनामा सुरु प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन गरी ४ खेल समावेश थिए ।
प्रतियोगिताको उपाधि त्रिभुवन विश्वविद्यालय (टीयू) ले जितेको छ । २३ स्वर्ण समावेश प्रतियोगितामा टीयू सर्वाधिक १८ स्वर्ण जित्दै प्रथम बनेको हो । टीयूले ८ रजत र ३ कांस्य पनि जितेको छ ।
त्यस्तै, सुदूरपश्चिम विश्वविद्यालय ३ स्वर्ण, ४ रजत र ९ कांस्यसाथ दोस्रो भएको छ । तेस्रो स्थानको लुम्बिनी बौद्ध विश्वविद्यालयले १ स्वर्ण तथा समान २–२ रजत र कांस्य हात पा¥यो ।
विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइराला, निमित्त सदस्य–सचिव प्रकाशकुमार कुसारी,त्रिभुवन विश्वविद्यालयका खेलकुद निर्देशक पशुपति अधिकारी लगायतले एक कार्यक्रमबिच पुरस्कृत गरेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी