२०८१ मंसिर ७, शुक्रबार
महेन्द्रनगर:
नेकपा (एमाले) कञ्चनपुरको नवौ जिल्ला अधिवेशका लागि बेलडाँडी गाउँपालिकाका सबै वडामा प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । बेलडाँडीका ५ वडा र दलित भूगोलबाट गरी १३ जना अधिवेशन प्रतिनिधि चयन भयको नेकपा एमाले जिल्ला कमिटी सदस्य युवा नेता कमल कुमार रोकाया ले जानकारी गराउनु गराय।
बेलडाँडी गाउँपालिका १ बाट खुलामा गणेश बहादुर बिष्ट र महिलामा पशुपती देबी भट्ट प्रतिनिधि भएका छन् । बेलडाँडी गाउँपालिकाका अध्यक्ष लक्ष्मण सिह भाट वडा नं. २ बाट अधिवेशन प्रतिनिधि चयन भएका छन् । उनी खुलाबाट प्रतिनिधि भएका हुन् । अध्यक्ष भाटको वडाबाट उनी सहित तीन जना प्रतिनिधि चयन भएका छन् । खुलामा मदन खत्री र महिलामा रमा देबी बिष्ट प्रतिनिधि भएका छन् ।
बेलडाँडी ३ बाट हरि प्रसाद जोशी र कल्पना गिरी प्रतिनिधि भएका छन् । जोशी खुला र गिरी महिलाबाट प्रतिनिधि चुनिएका हुन् ।
वीर बहादुर खड्का (खुला) र खगेश्वरी भण्डारी (महिला) मा वडा नं. ४ बाट प्रतिनिधि भएका छन् । बेलडाँडी ५ बाट अमर बहादुर रोकाया (खुला ) र फुलकुमारी राना (महिला) प्रतिनिधि चयन भएका छन् ।
दलिततर्फ हर्क कामी (खुला) र मोतिमा आउजी (महिला) अधिवेशन प्रतिनिधि चयन भएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी