२०८१ माघ २३, बुधबार
कञ्चनपुर:
लागु औषध सहित कैलालीको धनगढीमा एक युवक पक्राउ परेका छन । कैलालीको धनगढीमा भारतीय नागरिक करन राना पक्राउ परेका हुन । उत्तरप्रदेश लखिमपुर पलियाकलाश्री बस्ने ३० बर्षिया राना पक्राउ परेका हुन । रानााई लागु औषध नियन्त्रण ब्यूरोका इन्चार्ज बरिष्ठ प्रहरी नायब निरीक्षक केशवराज जोशी नेतृत्वमा खटिएको नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुर, ईप्रका बहुलिया फुलबारीको संयुक्त टोलीले कैलाली, धनगढी उपमहानगर १८तुलसीबारी चोकबाट रानालाई पक्राउ गरेकोे जनाएको छ । रानाको साथबाट ब्राउन सुगर प्लाष्टिक सहित १८ ग्राम, ४४०मिनीग्राम, शुद्ध तोल १८ग्राम, २४०मिनीग्राम बरामद गरिएको छ । उनलाई थप कार्बाहीका जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाईएको छ । नेपालमा लागु औषध तस्करी गर्ने भारतीय लागु औषधका तस्कर राना पक्राउसंगै अन्य तस्कर त्रसित भएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय