२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर:
कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र उपमेयर निलम लेखक जोशीले निर्वाचित भएपछि भ्रमण (यातायात) खर्चमा १० लाख ४८ हजार ४६३ रुपैयाँ स्वाहा पारेको खुलासा भएको छ ।
क्रान्तिकारी युवा संगठन नेपालले माग गरेको विवरण उपलब्ध गराउँदै नगरपालिकाले आर्थिक वर्षअनुसार खर्च विवरण उपलब्ध गराएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा जनप्रतिनिधि नवनिर्वाचित भएपछि ३६ हजार ५८५ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७९/०८० मा मेयर बोगटीले ५ लाख १५ हजार १८५ र उपमेयर लेखकले १ लाख ३३ हजार ४०० गरी कूल ६ लाख ४८ हजार ५८५ रुपैयाँ खर्च गरिएको छ ।
आर्थिक वर्ष २०८०/०८१ को हालसम्म मेयर बोगटीले २ लाख २० हजार २७८ रुपैयाँ र उपमेयर लेखकले १ लाख ४२ हजार ९०० रुपैयाँ गरी कूल ३ लाख ६३ हजार १७८ रुपैयाँ खर्च गरेका छन् ।
यातायात खर्चमा लाखौं खर्च गरिसक्दा पनि मेयर, उपमेयरले जनपक्षीय काम नगरेको भन्दै आलोचना हुने गरेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी